Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

आविष्कार केन्द्रलाई एनआरएनए उपाध्यक्ष शेरचनले दिए १ लाख

खबरडबली संवाददाता

पोखरा । एनआरएनएका नव निर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरामा आइटी हब बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । केन्द्रका प्रमुख महावीर पुनलाई उनले १ लाख नगद हस्तान्तरण गरेका हुन् । 

आविष्कार केन्द्रले पोखरामा आइटी हब बनाउने अभियान चलाएको छ । आर्थिक अभावका कारण काम अघि बढ्न नसकेको पुनले बताए । उनले केही समयअघि आफ्नै लालपुर्जाको जग्गा बेचेर पोखरामा काम गर्ने घोषणा गरेका थिए । 
तर जग्गा विक्री भएको छैन । गण्डकी प्रदेश सरकारसँग पनि उनले आर्थिक सहयोग मागेका थिए । तर कागजी झन्झट दिएको भन्दै सरकारकै आलोचना गर्दै आएका थिए । अघिल्लो वर्ष गण्डकी सरकारले नवप्रवर्तनमा १० करोड विनियोजन गरेको थियो । 

शेरचनले नवप्रवर्तनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘देशबाट युवा शक्ति पलायन भएको चिन्ता नेपालमा भएकालाई मात्रै होइन, हामी विदेशमा भएकालाई पनि छ । देशमा युवा शक्ति नभए देश नै रहँदैन,’ उनले भने, ‘हामी बाध्यताले बाहिरिए पनि मन नेपालमै छ । यो देश बनाउने दायित्व हाम्रो पनि हो ।’ 

एनआरएनएले नेपालमा लगानी भित्र्याउन विशेष अभियान चलाउने शेरचनको भनाई छ । आविष्कार केन्द्रले गरेका कामप्रति उनले धन्यवाद दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छः प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । ...

जसपा नेपालले फिर्ता लियो प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पु...

संसदीय समिति गठन नभएसम्म संसद चल्दैन कांग्रेसको बटमलाइन होः डा. महत

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सभापति श...

बेटिङ वेबसाइटमार्फत् २ अर्ब १ करोडभन्दा बढीको कारोबार गर्ने युवक पक्राउ

काठमाडौं । प्रहरीले वान एक्सबेट, जुवा ३६५ लगायतका अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी सट्टेबाजी जुवा खेली खेलाउने एक युवक पक्राउ परेका छन् । काठमाडौं...

जेठ ३ गते विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।  यसअघि पनि पटक पटक विश्वासको मत लिने भनेर तम...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।  दु...

महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न

काठमाडौं  । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको ...

पुँजीवादी क्रान्ति नभई समाजवाद सम्भव छैनः वरिष्ठ उपाध्यक्ष अब्दुल खाँन

सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ

झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

काठमाडौं ।  इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनश...

विषादी प्रयोगबारे सचेत बन्दै किसान

कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलाली...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies