Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

आविष्कार केन्द्रलाई एनआरएनए उपाध्यक्ष शेरचनले दिए १ लाख

खबरडबली संवाददाता

पोखरा । एनआरएनएका नव निर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरामा आइटी हब बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । केन्द्रका प्रमुख महावीर पुनलाई उनले १ लाख नगद हस्तान्तरण गरेका हुन् । 

आविष्कार केन्द्रले पोखरामा आइटी हब बनाउने अभियान चलाएको छ । आर्थिक अभावका कारण काम अघि बढ्न नसकेको पुनले बताए । उनले केही समयअघि आफ्नै लालपुर्जाको जग्गा बेचेर पोखरामा काम गर्ने घोषणा गरेका थिए । 
तर जग्गा विक्री भएको छैन । गण्डकी प्रदेश सरकारसँग पनि उनले आर्थिक सहयोग मागेका थिए । तर कागजी झन्झट दिएको भन्दै सरकारकै आलोचना गर्दै आएका थिए । अघिल्लो वर्ष गण्डकी सरकारले नवप्रवर्तनमा १० करोड विनियोजन गरेको थियो । 

शेरचनले नवप्रवर्तनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘देशबाट युवा शक्ति पलायन भएको चिन्ता नेपालमा भएकालाई मात्रै होइन, हामी विदेशमा भएकालाई पनि छ । देशमा युवा शक्ति नभए देश नै रहँदैन,’ उनले भने, ‘हामी बाध्यताले बाहिरिए पनि मन नेपालमै छ । यो देश बनाउने दायित्व हाम्रो पनि हो ।’ 

एनआरएनएले नेपालमा लगानी भित्र्याउन विशेष अभियान चलाउने शेरचनको भनाई छ । आविष्कार केन्द्रले गरेका कामप्रति उनले धन्यवाद दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending