Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

घर छाडेको ४० वर्षपछि जन्मथलो स्याङ्जामा मनाए आचार्य बालकृष्णले दसैँ

खबरडबली संवाददाता
छोरा विश्वका अर्बपतिको सूचीमा रहेकाे छ । संसारले जानेमानेको नाम हाे तर, गएका करिब ४ दशकका दसैँ बुवाआमाले छोराको बाटो हेर्दै बिताए । अब त आफ्नै अँगेनाछेउ बसेर छोरालाई दसैँको टीका, जमरा र आशिर्वाद दिन पाइन्छ भनेर आस गर्न पनि छाडिसकेका ती बाआमाका लागि यसपालिको बडादसैँले आश्चर्यजनक खुसी नै भित्र्याइदियो।

किनकि, ११५ जनाको टोली लिएर छोरा घरआँगनमा आइपुगे, असोज ६ गते नवमीका दिन । ती छोरा थिए, आचार्य बालकृष्ण। भारतको प्रसिद्ध पतञ्जली योगपीठका मुख्य संस्थापक/सञ्चालक।

करिब ४० वर्षपछि आफ्नो जन्मथलो स्याङ्जामा दसैँ मनाउन पाउँदा बिछट्टै खुसी लागेको भन्दै तस्बिरसहित भावुक टिप्पणी सामाजिक सञ्जालमा उनले सम्प्रेषण गरेका छन्।

लेखेका छन्– लगभग ४० वर्षपूर्व एउटा बालक सनातन संस्कृति र विश्वका लागि केही गर्ने चाहनाले आफ्नो घरबाट एक्लै निस्किएको थियो। यी ४० वर्षमा ती वृद्ध आमाबुवाका आँखा सधैँ बाटो हेरिरहन्थे, दसैँ आउँछ, हाम्रो छोरा पनि कुनै दिन त घर आउला! ती वृद्ध आँखामा हर्षका कुनै सीमा नै रहेनन्, जब ४० वर्षपछि छोरा स्वामीजीको तप–पुरुषार्थको बलले आफ्ना परम तेजस्वी सयभन्दा बढी संन्यासी र साधवीसँगै उही सानो गाउँमा फर्कियो। यो दृश्य केवल भावविह्वल बनाउने मात्रै थिएन, सबैलाई रोमाञ्चित बनाउने प्रकारको पनि थियो। यो दृश्यको प्रत्यक्ष अनुभव म स्वयं आफ्नो पुरानो गाउँमा फर्किएर गरिरहेको थिएँ। विजयदशमीको तपाईँ सबैलाई हार्दिक मंगल कामना। सबैको जीवनमा उल्लास होस्। सबैको जीवनमा प्रकाश होस्, सब आनन्दित होऊन् र सबैको कल्याण होस्।

 -आचार्य बालकृष्ण

स्याङ्जाको वालिङनजिकै पर्ने भरुवा गाउँमा पर्छ, आचार्य बालकृष्णको पैतृक घर । ११५ जनाको टोलीसहित आउँदा तीमध्ये १०५ जना संन्यासी थिए । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे भन्छन्, ‘स्याङ्जा जिल्लामा उहाँको कुनै सार्वजनिक औपचारिक सार्वजनिक कार्यक्रम थिएन। विशुद्ध निजी पारिवारिक कार्यक्रम रह्यो। हामीले शान्तिसुरक्षाको व्यवस्था मात्र गर्‍यौँ।’

उनले मूलघरमा आफन्तजनसँग टीकाटालो गरे। दुई दिन घरमै बिताए। त्यसपछि विभिन्न धार्मिक तीर्थस्थलको दर्शन र पर्यटकीय गन्तव्यको अवलोकनमा निस्किए। बिहीबार पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले करिब ४० वर्षपछि पहिलोपटक गृहजिल्ला स्याङ्जामा दसैँ मनाउने अवसर मिलेको खुसी सञ्चारकर्मीमाझ पनि व्यक्त गरे।

दसैँ या अरु चाडपर्वका अवसरमा आफन्त परिवारसमक्ष पुग्ने परम्परा सनातन संस्कृति र वैदिक परम्पराको राम्रो संस्कार रहेको उनले बताए। उनी बिहीबारै बुटवल हुँदै सुनौली नाकाबाट भारत गइसकेका छन्।

उनलाई बिदा गरिसकेपछि पतञ्जली नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले नेपालखबरसँग भने, ‘यसपालि उहाँ (आचार्य बालकृष्ण)ले विशुद्ध पारिवारिक भ्रमण गर्नुभयो। यसअघि पनि धेरैपटक नेपाल आउनुभएको हो तर दसैँ मनाउने भनेर घर फर्केको पहिलोपटक हो।’

मिश्रकै भनाइमा, आचार्य बालकृष्ण गुरुकुलमा दीक्षित भएकाले पहिला बिदा नमिलेर दसैँमा नेपाल आउन नपाएको हुन सक्छ। पछि उनको व्यस्तताले दिएन।

‘तर, उहाँले जहिल्यै पनि नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक, आयुर्वेदीय र पर्यटकीय आयामबाट बलियो सम्बन्ध बनाउने बारेमा सोच्नुहुन्छ,’ मिश्र भन्छन्, ‘उहाँजस्तो साझा व्यक्तित्व पाउनु दुवै देशका लागि गौरवको कुरा हो।’

को हुन् आचार्य बालकृष्ण?
१३ वर्षको उमेरमा गाउँबाट भागेर भारत पुगेका उनी अहिले विश्वका अर्बपतिमध्ये ८ सय ९८ औँ स्थानमा छन्। भारत उनी ६८ औँ धनी व्यक्तिमा पर्छन्।

विश्वका अर्बपतिको सूची प्रकाशित गर्ने फोर्ब्स् म्यागेजिनका अनुसार, हाल आचार्यसँग ३ अर्ब २० करोड डलरभन्दा बढी सम्पत्ति छ। जुन हालको विनिमय दरअनुसार ४ खर्ब २६ अर्ब नेपाली रुपैयाँ हुन्छ।

फोर्ब्सको सूचीमा रहेका नेपालका एक मात्र अर्बपति विनोद चौधरीको भन्दा आचार्यसँग १ खर्ब ८६ अर्ब रुपैयाँबराबरको सम्पत्ति बढी छ। चौधरीसँग १ अर्ब ८० करोड डलरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ। विश्वका अर्बपतिको सूचीमा उनको नाम १६४७ औँ नम्बरमा छ।

चौधरीका बुवा लुनकरण दासले नेपालको औद्योगिक क्षेत्रमा लगानी गरेर सम्पन्नताको जग बसालेका थिए भने आचार्य बालकृष्ण नेपालबाट किशोर उमेरमै खाली हात भागेर भारत गएका थिए।

आचार्य बालकृष्ण प्रसिद्ध आयुर्वेदाचार्य हुन् । उनको नेतृत्वमा पतञ्जली आयुर्वेदलगायत विभिन्न व्यावसायिक तथा कल्याणकारी संस्थाहरू सञ्चालनमा छन् । प्रसिद्ध योगगुरु रामदेवले उनलाई साथ दिइरहेका छन्।

आचार्य बालकृष्णको जन्म २०२९ साउन १९ गते भारतको हरिद्वारमा भएको थियो। बुबा जयबल्लभ सुवेदी कामको सिलसिलामा हरिद्वारमै सपरिवार बसिरहेका बेला बालकृष्णको जन्म भएको थियो। बालकृष्ण तीन महिनाकै छँदा सुवेदी परिवार स्याङ्जा फर्किएको थियो।

बालकृष्णले ५ कक्षासम्म वालिङको काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए। त्यसछि उनी घरबाट भागी नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे। पछि उनको शिक्षादीक्षा हरिद्वारमा भयो। रामदेव पनि उनका छात्रजीवनकै मित्र हुन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending