Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

ढोग नगरेको भन्दै कुटपिटबाट मृत्यु प्रकरण: कुटपिट गर्ने दुवै पक्राउ

खबरडबली संवाददाता

सल्यान । सल्यानमा ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्ने दुई जना सल्यान  पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान बागचाैर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।

उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए । सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई  'ए भाइ तेरो दाइलाई ढोग गर' भनेका थिए । केशरले  खुट्टामा नै ढोग गर्न लगाएपछि घनश्यामले 'मैले किन तपाईँलाई ढोग्नु ढोग्दिनँ' भन्ने जवाफ दिएका थिए । 

त्यसपछि केशर र घनश्यामबिच हात हालाहाल भएको थियो । त्यसपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए । घनश्यामको टाउको र‌ शरीरको विभिन्न भागका मरणासन्न हुने गरी घाइते बनाएर त्यहीँ छोडेर भागेका थिए‌ ।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैँको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लगेका थिए ।

प्रहरी प्रमुख नवीन कार्कीले भने , 'घाइते घनश्यामको भारतको नानपारामा बुधबार बिहान मृत्यु भएको हो ।' घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार  केशरलाई बुधबार बेलुका बागचौर नगरपालिका -९,  माैरीघारे परिलेखका लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए ।

यस्तै सन्तोषलाई दाङको तुल्सीपुर उपमहानगरपालिका -१२, रझेनामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ। दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कशुर मुद्दामा पक्राउ पुर्जी लिई इलाका प्रहरी कार्यालय थारमारेकाे हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक कार्कीकाे भनाइ छ । उनका अनुसार घटना भएको दिन केशर र सन्तोषले मादक पदार्थ सेवन गरेको पनि‌ अनुसन्धानबाट खुलेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending