Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

खाँडादेवीका महिलाले पाउँछन निशुल्क भिडियो एक्सरेदेखि२ पटकसम्म घरमै सुत्केरीस्वास्थ्य परीक्षण

खबरडबली संवाददाता

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरेदेखि सुत्केरी र बच्चाको घरमा नै स्वास्थ्य परीक्षण गराउने व्यवस्था गर्दै आएको छ । 

खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार प्रजनन् स्वास्थ्यमा स्थानीय सरकारसंवेदनशील बन्नुपर्ने दायित्वलाई ध्यानमाराखी गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती महिलालाई विभिन्न स्वास्थ्य सेवा प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको हो ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउने हेतुले स्थानीय सरकारले प्रोत्साहन गर्न सुत्केरीपछि पनि आमा र बच्चाको दुई चोटीसम्म स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरेको श्रेष्ठले बताए । ‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने मात्र होइन, सुत्केरी भएर घर फर्किएपछि पनि तीन दिन र सात दिनकी सुत्केरी महिला र बच्चाको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्र्मी सुत्केरीको घरमा नै पुग्छन् । त्यो पनि निःशुल्क । स्वास्थ्यकर्र्मीले घरमा गएर आमा र बच्चा दुवैको स्वास्थ्य परीक्षण गर्छन । परामर्श दिन्छन्, आवश्यक परे औषधी समेत दिन्छन् । प्रसूति पछिको अवस्था पनि त्यतिकै जोखिमपूर्ण हुने भएकोले सो सेवा प्रदान गरिएको हो’,श्रेष्ठले भने ।

सुरक्षित रूपमा सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन प्रेरित गर्न गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने देखि घरमै सुरक्षित सुत्केरी भएको अवस्थामा समेत गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरमै पठाएर आवश्यक स्वास्थ्य परिक्षण गर्ने गरेको श्रेष्ठको भनाई छ ।  उनले भने,‘कुनै महिला स्वास्थ्य संस्थामा नआई घरमा नै सुत्केरी भए भने त्यो थाहा पाउने बित्तिकै स्वास्थ्यकर्र्मी घरमा पुग्छन्, जाँच गर्छन र आवश्यक सेवा प्रदान गर्दछन । त्यसपछि पुनः तीन दिनदेखि सात दिनको बिचमा र सात दिनदेखि १४ दिनको बिचमा घरमा नै पुगेर बच्चा र आमा दुवैको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएर फर्कन्छन् ।’

गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरित गर्न सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम समेत सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत सुत्केरी भेट गर्न गाउँपालिका उपाध्यक्ष कोसेली सहित सुत्केरी महिलालाई भेट्न जाने गरेकी छिन् । बच्चाले लगाउने लुगा तथा आमाको लागि घ्यु, अण्डा लगायत पोसिलो खानेकुरा लिएर उपाध्यक्ष सुत्केरी  भेट्न जाने गरेको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् । 

यसो गर्दा सुत्केरी अवस्थामा महिलामा परेको मनोवैज्ञानिक प्रभावलाई कम गराउन सहयोग मिल्ने अनुभव उपाध्यक्ष घिसिङको छ ।  ‘यसरी भेट्न जाँदा सुत्केरी महिलाले छुट्टै अनुभूति गर्छन, आफूलाई पनि आनन्द आउँछ’, उनले भनिन् । 

गाउँपालिकाले गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्स–रे सेवा समेत सञ्चालन गरेको छ । गाउँपालिकाको पकरबास स्वास्थ्य चौकीमा नियमित र अन्य स्वास्थ्य संस्थामा घुम्ती सेवा प्रदान गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending