Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

चाडवाडमा मात्र प्रहरीले नियन्त्रणमा लिन्छ घरेलु मदिरा

खबरडबली संवाददाता

कालीकोट । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले चाडवाडका बेला घरेलु मदिरा नियन्त्रण अभियान थाल्ने गरेका छन् । सरकारले कानुनी रुपमा अवैध मान्दैआएको घरेलु कच्चा पदार्थबाट गाउँ तथा वजारमा उत्पादन हुने मदिरालाई नियन्त्रण गर्न प्रहरीले चाडपर्वमा अभियान चलाउने गरेको हो ।   

दसैं आसपासमा कालीकोटका बिभिन्न गाउँबस्तीमा प्रहरीले हजारौं लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । बिषेशगरी सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकामा घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

प्रहरीका अनुसार दुवै पालिकाका बिभिन्न वडाका वस्ती एक हजार लिटरभन्दा वढी मदिरा नष्ट गरेको जनाएको छ । अन्य समयमा आफै पनि प्रयोग गर्दैआउने भए पनि चाडपर्वमा उनै प्रहरी घरमा प्रवेश गरेर घरेलु मदिरा र बनाउन तयार पारिएको कच्चा पदार्थ जफत गर्नेगरेका छन् ।

मान्ममा घरेलु मदिरा बिक्री गरेर दैनिकी चलाउँदै आएकी एक एकल महिलाले आफ्नो रोजीरोटी खोसिएको बताइन् । अन्य समयमा प्रहरी नै आएर मदिरा लिएर जाने भए पनि चाडपर्वमा देखाउनलाई मदिरा नियन्त्रण गर्नेगरेको उनको भनाइ छ ।

घरेलु मदिरा बेचविखनमा सरकारले मान्यता दिनुपर्ने उनको माग छ । “हाम्रो रोजगारी छैन । कोही साहरा छैनन । यसैवाट आफुलाई खानाको जोहो गर्दै आएका बेला पटक पटक प्रहरीले मदिरा जफत गरी नष्ट गर्नेगरेको छ, यसले हामीलाई मार परेको छ” उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोसीले सरकारले नै अबैध मानेकाले यसलाई आफुहरुले जफत गरेर नष्ट गर्नेगरेको बताए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending