धनकुटा । चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्नेगरेको पाइएको छ । बिभिन्न स्थानमा तोकीएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।
धरानबाट धनकुटाको हिलेसम्म तोकीएको भाडा ४५० भए पनि प्रतिब्याक्ति ८ सय रुपियाँसम्म भाडा लिनेगरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका इन्चार्ज प्रहरी बरीष्ठ नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।
त्यस्तै, धनकुटाको धनकुटा–हिले–सिधुवा–पाख्रिसास लगायतको स्थानबाट समेत तराई झर्ने क्रममा बढी भाडा असुल्ने गरेको पाइएको उनको भनाइ छ । “भाडा बढी लिएको गुनासो त पहिले देखिकै हो, तर चाडवाडमा पहिलेभन्दा दोब्बर बढीसम्म भाडा लिनेगरेका रहेछन्, नियन्त्रण गर्ने अभियानमा हामी छौं” शर्माले भने । धनकुटाका बिभिन्न गाउँजाने सवारी साधनले समेत बढी भाडा लिएको गुनासो आउनेगरेको छ ।
त्यसो त गाडिहरुले अहिले चलानी पनि नदिने र टिकट समेत नदिने गरेको यात्रुको गुनासो छ । टिकट पनि नदिने चलानी पनि नदिने गरेकाले सवारी साधनलाई कार्बाही गर्न समस्या हुनेगरेको शर्माको भनाइ छ । त्यस्तै, यात्रुले समेत सवारी साधनमा हुँदा सवारी चालकको डरले गुनासो नगर्ने तर गन्तब्यमा पुगेपछि मात्र गुनासो राख्नेगरेको उनले बताए ।
गाडि नपाइने, रिजर्भ गर्नुपर्छ, भरे यहि पनि गाडि पाइदैनकी, तपाई नगए अरु जान्छन् जस्ता समस्या देखाएर गाडीवालाले बढी भाडा असुल गर्नेगरेको यात्रुको भनाइ छ । दसैंलेगर्दा भाडा बढेको भनेर सधै चारसय रुपियाँ ओहोरदोहोर गरिरहेको धरान हिले सडकखण्डमा आठसय रुपियाँ लिएर मात्र गाडि चढ्न दिएको यात्रु कोपिला खड्काको भनाइ छ ।
पहाडवाट तराइतर्फ जाने सवारी साधनभन्दा पनि सुनसरीको धरानवाट कोशी पहाडका जिल्लातर्फ जाने सवारीसाधनले भढी भाडा असुलिरहेको उनको भनाइ छ । ठूला सबारी साधनभन्दा पनि साना सवारी साधनले बढी भाडा लिनेगरेको पाइएको छ । भाडा बढी लिएको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ ।
चाडवाडमा बढी भाडा लिएको गुनासो आएपछि कार्यालयले चेकजाँचलाई तिब्र पारेको सो कार्यालयको भनाइ छ । धनकुटाको हिले, धनकुटा, भेडेटार मुलघाट लगायतको स्थानमा चेकजाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले जनाएको छ ।
बढी भाडा लिने सबारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरीवाना गराउने प्राबधानअनुरुप कारवाही गरिरहेको जनाइएको छ । अहिलेसम्म एक सयभन्दा बढी सवारी साधनलाई कारवाही गरिएको कार्यलयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: