काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको हाे ।
फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनले बताए ।
हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।
सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन रहेका छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...



प्रतिकृया लेख्नुहोस्: