दाङ । आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटी हत्याको प्रयास गरेकी छन् भन्दा जो कसैले पनि पत्याउन गार्हो हुन्छ तर दाङमा भएको छ यस्तै । दाङकाे लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीले बुधवार दिउसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन ।
घटना गत बुधबार दिउँसो ४ बजे तिरको हो । दाङको देउखुरीमा घरका सबै सदस्य काममै बिजि थिए । आमा भित्र बच्चा सँगै थिईन । उनको दिमागमा एक्कासी के उब्जियो ? उनी निर्दयी बन्न पुगिन । ९ महिना कोखमा राखिन तर १६ दिन अघि जन्माएको छोरीको आफै हत्याको प्रयास गरिन । दुखसुख सहेर आफैले यो सँसार देखाएकी आमाले बच्चाको हत्याको प्रयास कसरी गर्न सक्ला? सोच मग्न बिषय बनेको छ । समाज आश्चर्य चकित छ ।
तरकारी काट्ने चाकुले घाँटीमा रेटिएको छ । उनले बच्चालाई घर पछाडी लगेर घाँटी रेटिन । लगत्तै बच्चालाई बोकेर झाडी तिर जाँदा उनका देवर सुमन चौधरीले बच्चा रोएको आवाज सुने । अनि कुदेर बच्चा खोसे । सायद उनी बच्चा मर्यो भन्ने सोचले झाडीमा फाल्न जादै थिईन । देवरले तत्कालै बच्चालाई अस्पताल लगे । लमही अस्पतालमा सामान्य उपचार पछि घोराही रेफर गरिएको छ । चिकित्सकका अनुसार बच्चाको अबस्था गम्भीर छ ।
उनी आफै सुत्केरी पश्चात् बिरामी छिन । एकोहोरो भएकि छिन । उनमा पनि औषधी चलिरहेको छ । उनका माइजू अस्मती चौधरीका अनुसार गत २३ गते उनले आफ्नो बच्चालाई जन्म दिएकी हुन । सुत्केरी भएपश्चात अत्यधिक रक्तश्राब भएपछि चिकित्सकको सल्लाह अनुसार उनको थप उपचार नेपालगञ्जमा भयो । ३ दिनको उपचार पश्चात् उनी डिस्चार्ज भएर घर आईन । सबथोक राम्रै चल्दै थियो । तर बुधबार उनले के गरिन यो कसैले सोच्न पनि नसक्ने भयो ।
उनका श्रिमान सिउ कुमार चौधरीले पनि घरमा दोस्रो सन्तानका रुपमा जन्मिएको भनेर खुसी भएको बताए । उनले भने श्रिमतीबाट घृणित घटना भयो, यस्तो सोचेकै थिएन, सब ठिक थियो, उनलाई के भयो एक्कासी सोच्नै सकिन । घाँटी रेटिएको बच्चा निरम र सिउकुमारको दोस्रो सन्तान हुन । उनिहरुको ३ बर्षिय अर्को छोरी पनि छन । उनको आर्थिक अबस्था कमजोर छ । एकोहोरो छिन । धेरै कुरा सोच्न सक्दिनन् त्यसैले पनि यस्तो अप्रिय घटना घट्यो कि भनेर समाजले आँकलन गर्न थालेको छ ।
उनि अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: