Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट, आरोपीमाथि भएन कारवाही

कानुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाँई

खबरडबली संवाददाता

काठमाडौं  । ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि र्बोड सदस्यबाट कुटपिट भएको छ ।

कलेजको लाइब्रेरी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको विषय र आर्थिक अपचलनको विवाद बाहिर आउने डरले र्बोड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कलेज हाताभित्र ४र५ जनाको समूहले कुटपिट गरेका हुन् । 

कुटपिटबाट उनको शरीरमा नीलडाम र हात खुट्टा सुन्निएको छ भने उनी हाल सिकिस्त अवस्थामा घरमै उपचाररत रहेका छन् ।  सन् १९९५मा विद्यार्थीको रूपमा प्रवेश र २०१६ बाट भने मिसन कोर्डिनेटर र हाल लाइब्रेरिन पदमा कार्यरत लामालाई कुटपिट गर्ने राजेश जोशी कलेजका र्बोड सदस्य र सोही कलेजमा सञ्चालन भएको होप चर्चका डिकन हुन् । उनलाई कुटपिट गर्ने अर्का व्यक्ति भारतीय नागरिक प्रकाश लामा प्रिन्सिपल रहेका छन् । भारतीय ज्यादती रहेको यस बाइबल कलेजको अध्यक्ष भने ख्रीष्टियन समुदायका चिरपरिचित व्यक्ति क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान महर्जन हुन् ।

प्रहरीका अनुसार बाइबल कलेजको जग्गा विवादमा संलग्नता रहेको आशंकामा सोधपुछ गर्ने बहानामा सोम लामालाई कुटपिट गरी सख्त घाइते बनाएको  छ । राजेश जोशीको समूहको कुटपिटबाट हाल उनी सिकिस्त छन् । चियाको बहाना बनाई कलेजको कोठामा थुनेर उनीहरूले अश्लील शब्दसहित गाली गर्दै लाठीले टाउकामा र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । राजेश जोशीसहितको समूहलाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

‘चिया खान जाऔँ भनेर राजेश जोशी जीले भन्नुभयो र म कोठा भित्र गए, बाइबल कलेजको जग्गामा तपाईको भुमिका के हो भन्दै मलाई गाली गर्नुभयो, मैले आफ्नो कुरा राख्न खोज्दै थिए, एक्कासि मलाई राजेश र उनको समूहले सुनियोजित रूपमा ज्यान लिने तरिकाले लाठी तथा हतियारको प्रयोग गरी अन्धाधुन्ध हातपात गरे र म अर्धचेत भए, धेरै हारगुहार गरे तर मलाई बचाउन कोही आएनन्’ ४७ वर्षिया सोम लामाले भने । 

र्बोड सदस्य राजेश जोशी, सविना थापा, प्रिन्सिपल प्रकाश लामा र उनका भाई पूर्ण लामाले उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएको साथै सोही कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रयोग गरेर केही महिनाअघि सांघातिक आक्रमण पनि गरेको पीडित लामाले बताए । घटनाका बारेमा कलेजका अध्यक्ष मंगलमान महर्जनलाई बुझ्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको भनेर  पन्छिन खोजे । उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई आवश्यक कारबाही गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पनि कारवाही हुन सकेको छैन ।

इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नेपालका संस्थापक अध्यक्ष साइमन पिटरले सो घटनाको दुःख व्यक्त गर्दै उक्त घटना कुनै पनि हालतमा ख्रीष्टियन चरित्र नभएकोले यसले समग्र ख्रीष्टियन समुदायलाई लज्जित बनाएको बताए ।

पीडित सोम लामाले कुटपिट गर्नेहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन जावलाखेल प्रहरी समक्ष आग्रह गरेका छन् । पीडितको उजुरी अनुसार नै प्रहरीले पीडित र पीडकलाई छलफलमा बोलाएर आवश्यक सोधपुछ गर्ने र मिलापत्र हुन नसकेमा सार्वजनिक अपराधमा मुद्दा दायरको तयारी गरिरहेको छ ।

कानुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाँई

नेपालमा इसाईहरूमा ईश्वर शास्त्रीय अध्ययनमा सहयोग गर्ने उद्देश्यले सन् १९८६ मा कोरियन प्रेसबेटरियन चर्चका रूपमा साउथ कोरियाकोतर्फबाट नेपालमा पहिलो मिशनरीका रूपमा आएका डा सँग हो लीले ललितपुरको सुनाकोठीमा नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीको स्थापना गरेका थिए ।

डा लीले तत्कालीन अवस्थामा बाइबल कलेजको प्रयोजनका लागि भन्दै ६ रोपनी ३ आना जग्गा खरिद गर्ने निर्णय गरे र त्यस बेला लीले कभनेन्ट ख्रीष्टियन फेलोशिप, ढोलाहिटीका पास्टर साइमन पीटरको एकल नाममा सो जग्गा खरिद गर्ने बताए र उनले सो जग्गाको सिमाकंन पनि गरे तर तत्कालीन नेपाल राष्ट्रिय मण्डली संगति एनसीएफका अध्यक्ष एडोन रोगोंग र मंगलमान महर्जनको मिलेमतोमा सो जग्गा आफ्नो नाममा बनाउनको लागि ठूला षड्यन्त्र गरेको स्रोतको दाबी छ । पछि सोही जग्गालाई लिएर आफूलाई मंगलमान महर्जन र रेडोन रोङोगको समूहले ज्यान मार्ने धम्की समेत दिएको पास्टर साइमन पीटरको आरोप लगाए । हाल जग्गाको भाउ आकासिँदो रहेकोले सो आर्थिक लोभले सो जग्गा खरिदबिक्री प्रकरणले चर्चा पाएको हुनसक्ने साइमन पिटरले बताए ।

बाइबल कलेजको भनिएको ६ रोपनी ३ आना जग्गाको धनी पास्टर मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्द कुमार खड्का हुन । तर जग्गाका एक धनी मुकुन्द कुमार खड्काको नशा सम्बन्धी रोगका कारण मृत्यु भएपश्चात् उनका छोराले जग्गाको हकदावी गरी मुद्धामामीलाबाट २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ ।

यी त एक प्रतिनिधि उदाहरणहरुमात्र हुन्, उचित कानुन नहुँदा धार्मिक समुदायले प्रयोग गर्दै आइरहेको जग्गा जमिन र सम्पत्तिमा व्यक्तिको रजाँई भएकाे छ । धर्म निरपेक्षताको आडमा पछिल्लो समय अल्पसंख्यक ख्रीष्टियन धार्मिक समूहहरूले आर्थिक अपचलन र अपारदर्शीताको जालो फैलाइरहेको ख्रीष्टियन समुदायका विज्ञ जानकारहरु बताउँछन् । 

एकातिर राज्यको ध्यान नजाँदा लामो समय देखि धार्मिक समुदायका धर्मगुरुहरूले गैरकानुनी रूपमा अशुद्ध तरिकाले सम्पत्ति आर्जन गर्ने र कुनै पनि श्रम लगायतका आर्थिक कारोबार नगरी धन थुर्पानाले देशको अर्थतन्त्रलाई गैरकानुनी तरिकाले लुटिरहेका छन् ।

देशमा कानुन नबन्दाको फाइदा उठाई व्यक्तिको नाममा अकुत जग्गा जमिन, अवैध बैकिंङ आर्थिक कारोबार गर्नाले अन्ततः मुलुकको समग्र अर्थतन्त्रलाई ध्वस्त बनाउने हुँदा कडा कानुन ल्याउन र धार्मिक संस्थामाथि कडाईका साथ अनुगमन गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार गम्भीर हुन जरुरी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending