चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण नि:शुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा नि:शुल्क गरिएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको जानकारी दिए । उनका अनुसार अस्पतालले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
यो महिनाको प्रत्येक शुक्रबार विद्यालय तथा क्याम्पसमा गएर छात्रालाई स्तन आफैँले कसरी परीक्षण गर्ने भन्नेबारे प्रशिक्षण दिने गरिएको देवकोटाले बताए । “नौ कक्षाभन्दा माथिका छात्राका साथै विद्यालय र क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाको पहिचान कसरी गर्ने, कसरी आफैँले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ”, उनले भने ।
अस्पतालका अङ्कोलोजिष्ट डा।सुवास ठाकुरले महिनाको एक दिन छुट्याएर आफ्नो स्तन आफैँले परीक्षण गर्नुपर्ने बताए । उनले गाँठागुँठी भेटिएमा चिकित्सकको परामर्श लिनुपर्नेमा जोड दिए । उनले भने, “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन् । तर गाँठागुँठी देखिए क्यान्सर हो/होइन भन्ने यकिन गर्नुपर्छ ।”
परीक्षणका क्रममा मेमोग्राम र युएसजी गरेर यकीन गर्न सकिने ठाकुरको भनाइ थियो । क्यान्सर इन्स्टिच्यूमा बढीमात्रामा मुख, जिब्रो, घाँटी, पाठेघर, स्तन र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेका उनले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका निर्देशक डा।दयाराम लम्सालले स्तन क्यान्सर समयमै पहिचान गर्नसके उपचार गर्न सहज हुने भन्दै पहिचान भएकामा निको हुने दर पनि उच्च रहेको जानकारी दिए । उनका अनुसार स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसङ्ख्यामा चार/पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) का रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: