Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षामा लगानी हुनुपर्छ: शिक्षामन्त्री राई

खबरडबली संवाददाता

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । स्थानीय शिवपुरी माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा मन्त्री राईले उपलब्ध साधन र स्रोतको सीमाले भ्याएसम्म राज्यका तर्फबाट शिक्षामा लगानी गरिएको बताए ।

“शिक्षा क्षेत्रमा जति लगानीको अपेक्षा गरिएको छ, त्यो हाम्रो अर्थतन्त्रको समस्या र सीमाले भ्याइरहेको छैन, कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षामा लगानी हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि  हामीले यस पटक ११ दशमलव २७ प्रतिशत मात्रै लगानी गर्न सकेका छौँ”, उनले भने, “मुलुकको अर्थतन्त्रमा सुधार आउने बित्तिकै सरकारले शिक्षामा लगानी बढाउँछ ।”

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री राईले आगामी दिनमा शिक्षामा गरिने लगानी बढाउन सरकारले विशेष ध्यान दिएको बताए । सीमित स्रोत साधनका कारण सरकारले चाहेर पनि शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्न नसकिरहेको उनको स्वीकारोक्ति थियो । 

मन्त्री राईले संसद्मा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई समयानुकूल बनाउन सबैको भूमिका महत्त्वपूर्ण भएको बताए । शिक्षक महासङ्घसँग परामर्श गरी मस्यौदा गरिएको जानकारी दिँदै उनले सरकारका तर्फबाट आन्दोलनरत शिक्षकसँग समझदारीसमेत गरिएको बताए । उनले विधेयक सदनबाट पारित भएपछि  सार्वजनिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षक तथा विद्यालय कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी नरहने दाबी गरे ।

“गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्न सक्ने ऐन बनाउन त्यसको मस्यौदा सदनमा पेस भइसकेको छ । शिक्षा विधेयकलाई उपयुक्त ऐनका रूपमा ल्याउने जिम्मेवारी सांसदमा निहित छ । सो विधेयकलाई समयानुकूल बनाउन म पनि क्रियाशील हुनेछ”, मन्त्री राईले भने ।  नेपाली काङ्ग्रेसका सांसद प्रदीप पौडेलले सबै नागरिकको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सरकारले सामुदायिक विद्यालयको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

सार्वजनिक शिक्षाप्रति राज्य गम्भीर हुनुपर्छ भन्दै सांसद पौडेलले शैक्षिक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न सरकार तयार हुनुपर्ने सुझाव दिए । “सार्वजनिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै छ, यस क्षेत्रमा राज्यले पनि लगानी बढाउनुपर्छ”, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा स्वास्थ्यकर्मी अधिकारी पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...

अब नयाँ रणनीतिबाट झापाको हात्ती आतंक रोकिन्छ : गृहमन्त्री गुरुङ

झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र र सदरमुकाम जोड्ने सडक दुई लेन बनाइने: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन: मौसमविद्

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।    विभागका वरिष्ठ मौसमविद् म...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा रोशन पोखरेल पुर्पक्षका लागि थुनामा

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...

प्रधानमन्त्री शाहको एडीबी अध्यक्ष कान्दासँग भेट, १६५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

निर्वाचन कानुन नबने आगामी निर्वाचन थप जोखिममा पर्न सक्ने भण्डारीको चेतावनी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।  बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending