काठमाडौँ । मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउछिन् । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उनको भनाइ छ ।
सांसद बस्नेतले गरिमामय संसद्मा आइसकेपछि देश र जनताका पक्षमा सबै सांसद एकजुट हुनुको अर्को विकल्प नरहेको जिकिर गरिन् । सांसद बस्नेतले भनिन्– “पार्टीअनुसार सांसदका विचार फरक फरक होलान् । चुनावका बेला झण्डा फरक फहराए होलान् । तर गरिमामय संसद्मा गइसकेपछि नितान्त राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्नुपर्छ । कानुन निर्माण गर्ने ठाउँमा सांसद बाझिरहनु राम्रो हुदैँन । यसमा सबै सांसद सजग हुनुपर्छ ।”
जनताका अपेक्षा अनुरुप संसदीय अभ्यास नभएको सांसद बस्नेतको ठहर छ । “संसद्मा जुन आशा राखेर हामी प्रवेश गरेका थियौँ । सोअनुरुप पाइएको छैन । हामीले उठाएका जनताका आवाजलाई सरकारले सुनेको छैन । फरक विचारको प्रतिनिधित्व हुन सकेको छैन । कुनै समय त सरकार छ कि छैन रु भन्ने लाग्छ”, सांसद बस्नेतले भनिन् । संसदीय अभ्यासलाई सफल बनाउन सानादेखि ठूला दलको उत्तिकै महत्व रहने हुनाले सबै सांसद राजनीतिक स्वार्थबाट बाहिर निस्केर मुलुकको समृद्धितर्फ एकजुट हुनुपर्ने उनको भनाइ छ ।
पञ्चायतकालदेखि नै राजनीतिमा प्रवेश गरेकी सांसद बस्नेत भेरी अञ्चल महिला संगठनको सचिव रहेकी थिइन्। विसं २०५४ र २०७४ मा गरी दुईपटक उनी गुलरिया नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित भइन् । विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध रहँदै आएकी सांसद बस्नेतले सदनमा पेश हुने विधेयकमाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिइन् ।
“सदनमा पेश हुने विधेयक सरकारको मात्र होइन । देशको विधेयक हो । जनतालाई सडकमा ल्याउने वातावरण सिर्जना गर्नुहुँदैन । देश र जनताको हित अनुकूल कानुन ल्याउन बृहत् छलफलको अभ्यास हुनुपर्छ”, उनले भनिन् । उनले आफ्नो पार्टी भ्रष्टचारविरुद्ध, विधिको शासनको कार्यान्वयनमा आधारित रहेको तर कतिपय विषय सदनमा बोल्न नपाएको गुनासो गरिन् । मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरी एकता कायम गर्न, समाजिक सद्भावको संरक्षण र प्रवद्र्धन गर्न सबै ऐक्यबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उनले केही दिनयता देशमा फैलिएको अराजकतालाई निर्मूल पार्न सबै मिल्नुको अर्को विकल्प नरहेको उल्लेख गरिन्।
पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी सांसद बस्नेतले जनताले राम्रो कानुन बनाउन, हिजोका त्रुटिलाई सच्याउन, सबै वर्ग, समुदाय लक्षित कानुन बन्ने अपेक्षा गरेका छन् तर सोहीअनुरुप हुन नसकेको जिकिर गरिन्। सांसद बस्नेत सरकारप्रति सन्तुष्ट रहने अवस्था नरहेको बताइन् ।
“कानुनत: विधिको शासन कार्यान्वयन भएको देखिँदैन । हत्या हिंसा, घाइते, लुटपाटका घटना भइरहेका छन् । धर्म संस्कृतिका नाममा अराजकता फैलिएको छ । मुलुकमा शान्ति, सुशासन कायम गर्न सरकार चुकेको छ”, सांसद बस्नेतले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...



प्रतिकृया लेख्नुहोस्: