Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

अन्य देशको नागरिकको फटाफट उद्धार, इजरायली बंकरमा नेपाली मात्रै

खबरडबली संवाददाता

काठमाडौँ । इजरायलमा हमासले गरेको विशाल आक्रमणमासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् 

युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन नसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न  गिरीले बताए ।  ‘शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू बंकरमा थिए । तर, अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै  बंकरभित्रै छन्’ उनले भने ।  

हाल कृषि विश्वविद्यालयका ३९ जना विद्यार्थी जीमान फार्ममा छन् । जुन इजिप्टको सिमाना नजिकै पर्छ । इजिप्टको बोर्डरभन्दा ५०० मिटरको दुरीमा मात्रै रहेको उनको भनाई छ । उक्त क्षेत्र गाजासँगको सीमा क्षेत्रबाट भने करिब ३० किलोमिटरको दूरीमा हो ।  उनीहरू बस्ने ठाउँमा भने सुरक्षित मानिएको छ । तर, न  बंकर छन्, न त आर्मी नै छन् ।  बंकर नै नभएको ठाउँ कसरी सुरक्षित हुने भन्दै उनले प्रश्न गरे । 

त्यस्तै १८ जना विद्यार्थीहरू मिफ्ताहिम भन्ने ठाउँमा रहेको सोरासिम नर्सरीमा छन् । उनीहरू पनि शनिवारदेखि नै बंकरभित्र छन् । अहिलेसम्म उद्धारको लागि कोही नआएको उनको भनाई छ ।  त्यस्तै ८ जना विद्यार्थीहरू नेटिभ भन्ने ठाउँमा छन् । जुन गाजासँगको सीमा क्षेत्रबाट ४र५ किलोमिटरको दूरीमा पर्छ । थाइल्यान्ड लगायतका देशका नागरिकहरूको भने त्यहाँबाट उद्धार भइसकेको छ । तर, नेपाली विद्यार्थीको भने त्यहाँबाट उद्धार हुन नसकेको उनको भनाई छ । 

आफूहरूसँगै जाम्बिया र थाइल्यान्डका नागरिक समेत काम गर्दै आएको तर, उनीहरूलाई भने सुरक्षित स्थानमा लगिसकिएको बताए ।  ‘इन्डियाले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो । इजरायलका मानिसहरूलाई हेलिकोप्टरबाट नै उद्धार गरेको छ । हामीले काम गर्ने फार्मको बोस आफैं सुरक्षित क्षेत्रमा गइसकेको छ । अहिले  बंकरमा नेपालीहरू मात्र छन् ।’ उनले भने ।   

‘मैले राजदूत कान्ता रिजाललाई फोन गरेको थिए । लोकेसन पठाउनु भन्नुभयो । तर, कोही आएका छैनन् । अहिले त बंकरभित्र नेपालीहरू मात्र छन् । अन्य देशकाहरूको फटाफट उद्धार भयो । हामी भने  बंकरभित्रै छौं’ उनले भने ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending