Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

खबरडबली संवाददाता

बलेवा । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ रु’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै  जानेआउने हुन्थ्यो ।

घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् रु कहिले बन्छ होला है रु’ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी । 

बर्खामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालीगण्डकीमा पक्की पुल बन्न थालेको सात वर्ष बित्यो । कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छ जस्तो नलाग्ने सर्वसाधारण बताउँछन् ।

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको काम सात वर्षदेखि चलिरहेको छ । “विभिन्न कारणले लामो समयदेखि काम अगाडि बढ्न सकेन् । अघिल्लो वर्ष धेरै काम भएको छ । अब २० प्रतिशत काम मात्रै बाँकी छ”, सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पोखरेलले भने, “कठिन काम सकियो । निर्माण कम्पनीको म्याद पनि सकिएको छ । म्याद र बजेट थप भए अबको एक वर्षमा पुल निर्माण सम्पन्न हुन्छ ।” 

उनले पाँच वर्षसम्म अलपत्र रहेको कामले अघिल्लो वर्ष गति लिएको बताउँदै अघिल्लो वर्ष मात्रै ४५ प्रतिशत काम भएको जानकारी दिए । पोखरेलका अनुसार त्यसभन्दा अघिको वर्ष करिब ३५ प्रतिशत काम भएको थियो । “पुलका पिल्लर बनिसकेका छन् । ढलान स्लापको काम बाँकी हो । आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ”, पोखरेलले भने, “कूल बजेटको १५ प्रतिशत भित्रै हुने गरी भिओ बनाउने योजना छ । भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ ।” 

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देविस्थान जोड्ने गरी विसं २०७३ असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राविधिक कारणले लामो समयसम्म काम रोकिएको थियो । काम थालेको पाँच वर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेकामा गत आवमा भएको कामसमेत गरेर ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ । 

बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचनाको काम सकिएको छ । कालीगण्डकी नदीको बीचमा दुईवटा पिल्लर तयार भएका छन् । पाँचौँ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ ।  “कामको गति हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन्”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो ।” उनका अनुसार रू १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा तीस महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ । 

समयमै पुल नबन्दा तीन वर्ष अघि भदौमा आएको पहिरोले मध्यपहाडी लोकमार्ग एक साता अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न नपाएको स्थानीय हरि केसीले बताए । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाईसमेत करिडोरको पहुँचमा ल्याउने उनको भनाइ थियो । उनका अनुसार ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ ।

पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending