Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पुस्तक समीक्षा: ‘शब्दविम्बमा सत्यमोहन’ का बहुआयाम

खबरडबली संवाददाता

काठमाडौँ  । ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो  दिन सक्छ, अँध्यारालाई नाश गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन ।” हो, यस्तै चन्द्रमा हुनुहुन्थ्यो सत्यमोहन जोशी । वाङ्मय शताब्दी पुरुष जोशीले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र पुरातत्त्वका क्षेत्रमा पुर्‍ययाएको योगदान अतुलनीय छ । 

फलेको वृक्षको हाँगो निहुरिए झैँ उहाँमा कुनै घमण्ड थिएन । शालीन एवं मिलनसार व्यवहार र उच्चकोटीको विचार नै उनको विशेषता थियो । गाउँका सर्वसाधारणदेखि दरबारको उच्च वर्गका मानिससँग पनि उहाँको उत्तिकै पहुँच र सम्बन्ध थियो । उहाँ सर्वसाधारणको भाषा राम्ररी बुझ्नुहुन्थ्यो । देशको अवस्थिति र परिस्थितिलाई नजिकबाट नियाल्नुभएका बहुआयामिक व्यक्तित्व उहाँ नेपाललाई स्वर्गकै रूपमा व्याख्या गर्नुहुन्थ्यो ।

विश्वका धेरै मुलुकको भ्रमण गरिसक्नुभएका र संसार चिन्नुभएका उहाँ नेपाल जस्तो सुन्दर र असीमित सम्भावनायुक्त देश विश्वमा कहीँ नभएको  हामीलाई भेटमा सुनाउनुहुन्थ्यो । उहाँले सरकारी सेवामा रहँदा विभिन्न जिम्मेवारी पूरा गर्दै देशका प्राय: सबै ठाउँमा पुग्नु मात्र भएन,  त्यहाँको कला, साहित्य, संस्कृतिलाई टपक्क टिपेर मूल प्रवाहमा ल्याउनुभएको थियो ।

शताब्दीसम्म बाँचेर निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा लगाउने असाधारण शक्ति र सामथ्र्यका धनी जोशीको जीवनका विभिन्न पाटालाई सङ्गृहीत गरेर प्रकाशित ‘शब्दविम्बमा सत्यमोहन’ ९भुँडी पुराण, २०७९०  मा  जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उनका जीवनका विविध आयाम मात्र समेटिएका छैनन्, नेपालको साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा ख्याति कमाएका धेरै लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकार आदिका विचार र धारणा पनि पढ्न पाइन्छ ।  कृतिमा जोशीको जीवन र जीवनशैली, सेवा र योगदान, कदर र सम्मान तथा  आदर्शका बारेमा विभिन्न दृष्टि र कोणबाट बुझ्न सकिन्छ ।

“सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए”,   पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सम्पादकीयमा लेखेको यस उक्तिले जोशीको जीवनको सङ्घर्ष र प्राप्त गरेको सफलतालाई छर्लङ्ग पारेको छ । कहिल्यै नथाकी,  नहारी र नरोकिई आफ्ना कर्ममा जुटिरहने  दरिलो आत्मबल र बलियो आत्मविश्वासका धनी जोशीको निधनपछि उहाँबारे लेखिएका समाचार, सम्पादकीय, श्रद्धाञ्जलि लेखरचना,  आलेख,  अन्तर्वार्ता आदिलाई एउटै पुस्तकमा समावेश गरेर पत्रकार ढुङ्गानाले पाठकलाई ठुलै गुन लगाउनुभएको छ ।

तीनपटक मदन पुरस्कार पाउने जोशीका नेपाली र नेपाल भाषामा लिखित ६० भन्दा बढी पुस्तक प्रकाशित छन् । नेवार भएर पनि उनी नेपाल भाषा र नेवारी संस्कृतिमा मात्रै खुम्चिनुभएन । नेपाली भाषा, संस्कृति र साहित्यका विकासमा पनि उनको ठुलो योगदान गर्नुभएको छ । सादा जीवन उच्च विचारका धनी उहाँमा कहिल्यै घमण्ड, अहं वा फुर्तीफार्ती देखिएन । रसिलो, भरिलो र झरिलो फलफूल जस्तै उहाँमा नम्रता र निहुरिने दुर्लभ गुण भरिपूर्ण थियो । जुनसुकै भूमिका र जिम्मेवारीमा रहँदा पनि उत्तिकै कुशलता प्रदर्शन गर्न सक्ने प्रबुद्ध व्यक्तित्व उहाँ लोक वाङ्मयका विविध विषयका इन्साइक्लोपेडिया नै हुनुहुन्थ्यो भन्ने तथ्य पुस्तकको अध्ययनबाट पाइन्छ । 

जोशीको समग्र जीवनवृत्तलाई एउटै पुस्तकमा समेट्ने जमर्को गर्ने सम्पादकको मेहनत र धैर्यको तारिफ गर्नैपर्छ । पुस्तकभित्र यति धेरै सामग्रीको सङ्कलन, संयोजन र सम्पादन एक्लैले गर्न सक्नु चानचुने कुरा होइन ।  पुस्तक पढेर पाठकले जोशीको जीवनबाट धेरै  सिक्न, बुझ्न   र जान्न सक्छन् । यस्ता बहुप्रतिभाशाली व्यक्तित्वका बारेमा लेखिएको पुस्तकको औचित्य कहिल्यै सकिँंदैन, बरु युगयुगसम्म सान्दर्भिक रहिरहन्छ । “न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा । बाधाहरू पन्छाए, परिस्थितिभन्दा माथि उठे र त जुरुक्क उठेको देखिए सत्यमोहन सबैका आँखामा । वास्तवमा सत्यमोहनले प्रत्येक सेकेन्ड र मिनेटलाई महत्त्व दिएर सदुपयोग गरेकाले नै महान् बने”, ढुङ्गाना लेख्नुहुन्छ । 

पुस्तकमा उहाँका केही अप्रकाशित र निधनअघि लिइएका वा प्रकाशित सामग्री पनि समेटिएका छन् । यसरी उहाँका बारेमा बुझ्न, अध्ययन गर्न र ती लेख सामग्रीको दस्तावेजीकरण गरी संरक्षण गर्न सहज भएको छ ।  आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, परिशिष्टाङ्कका आलेख १७, समाचार १७, सम्पादकीय सात, अन्तर्वार्ता चार र कविता तीन समावेश छन् । पहिलो लेख खण्डमा जोशी स्वयंदेखि अन्य विभिन्न लेखकका लेखको सङ्कलन छ ।

जोशीलाई नजिकबाट चिनेका तथा उहाँसँग निरन्तर सम्पर्कमा रहेका विभिन्न लेखक, साहित्यकार र पत्रकारका अढाइ दर्जनभन्दा बढी लेख यस खण्डमा समावेश गरिएका छन् । दोस्रो खण्डमा उहाँको निधनपछि राष्ट्रिय दैनिकलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित सम्पादकीय समावेश गरिएका छन् । यी सम्पादकीयको अध्ययन गर्दा सञ्चारमाध्यमका नजरमा उहाँको उचाइ निकै माथि रहेको पाइन्छ । तेस्रो खण्डमा विभिन्न समयमा विभिन्न व्यक्तिले जोशीसँग लिएका तीन अन्तर्वार्ता समाविष्ट छन् जसमा व्यक्त विचार आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् ।

चौथो परिशिष्टाङ्क खण्डमा राष्ट्रकवि माधव घिमिरेलगायत प्रतिष्ठित लेखक, साहित्यकार, संस्कृतिविद्, पत्रकारद्वारा लेखिएका गहन र अत्यन्त जानकारीमूलक विचार र अभिव्यक्ति समेटिएका छन् । पाँचौंँ खण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार तथा छैटौंँ खण्डमा तीन कविका जोशीप्रति समर्पित कविताहरू छन् । अन्तिम खण्डमा  जोशीका केही मुख्य कृति र तस्बिर समावेश गरिएका छन् ।

जोशीका जीवनका विभिन्न पाटालाई केलाउँदै पुस्तकमा समाविष्ट सामग्रीको अध्ययन गरिसकेपछि कुनै एक चिनारी मात्रैले उहाँलाई चिनाउन सम्भव हुँदैन । संस्कृतिदेखि साहित्य, कला, सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ । परिश्रमको फल मीठो हुन्छ भने झैँ अन्य कुनै नेपालीले नपाएको सम्मान र पदवी पाउन उहाँ सफल हुनुभएको छ । उहाँ त्यस्तो एक मात्रै नेपाली हुनुहुन्थ्यो जसको जीवित रहँदै तस्बिराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको थियो । सय, १००० र दुई हजार ५०० का सिक्काको एउटा पाटामा जोशीको तस्बिर छ भने अर्कापट्टि सगरमाथाको तस्बिर छ ।

पुस्तक बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मलाई उपयोगी बनेको छ । सम्पादक ढुङ्गानाले भने जस्तै समयले जोशीलाई बनाएको र जोशीले समयलाई बनाएको देखिन्छ । उहाँ नेपालको प्रतिबिम्ब नै हुनुहुन्थ्यो । उहाँले जीवनको हरेक क्षणलाई अर्थपूर्ण बनाउनुभयो, जसले गर्दा उहाँँलाई सगरमाथाको उचाइमा राख्न सकियो । सम्पादक आफैं पनि अनुसन्धानमा रुचि राख्ने पत्रकार भएका नाताले पनि पुस्तकमा अनुसन्धानकर्तालाई उपयोगी हुने गरी सामग्री समावेश गर्नुभएको छ । चार सय २० पृष्ठको पुस्तकमा रहेका लेख, आलेख आदिले उहँँलाई युगौँँयुगसम्म स्मरणीय र अजम्बरी बनाउनेमा सम्पादकसमेत ढुक्क देखिनुहुन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: