Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

के-के भए चीनसँग नेपालका १३ समझदारी ?

खबरडबली संवाददाता
काठमाडौं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।

विभिन्न मन्त्रालयअन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको हो ।

चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे । नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल-चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ । त्यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा-सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: