कालिकोट । घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोशेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै आइतबार विहान शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सान्नीत्रिवेणी गाउँपालिका–१ माइतीघर भई दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका ५ कट्टी निवासी दानबहादुर शाहीकी पत्नी जैसी ०७९ भदौ १२ गतेदेखि पति शाहीले घर निकाला गरेपछि आफन्तको आश्रयमा बस्दै आएकी र केही दिनदेखि सोशेकको सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन् ।
हाल खाँडाचक्रमा व्यापार गर्दै अएका आरोपित शाहीले ०७९ भदौ १२ गते साँझ लट्टीले कुटपिट गर्दा संवेदनशील अङ्गमा गम्भीर चोट लागेको भन्दै घरबाट विस्थापित भई आफन्तको सहयोगमा जिल्ला सदरमुकाम मान्ममा डेरागरी बस्दै आइरहेका थिए ।
२०७५ सालमा घरमा अर्की पत्नी हुँदाहुँदै जैसीलाई दोस्रो विवाह गरेका शाहीले कथित बोक्सी लगायतका आरोपमा पटक पटक कुटपिट तथा मानसिक र शारीरिक यातना दिने गरेपछि पीडितले एक नाबालक छोरासहित विस्थापित हुनु परेको बताएका थिए।
विस्थापित अवस्थामा रहेकी पीडित महिलाले भदौ ९ गते आफ्ना पति शाहीले सामाजिक सञ्जाल म्यासेन्जर मार्फत, कथित बोक्सी आरोप लगाउँदै छोरा समेत मारिदिन भनेपछि डेराबाट राति भागेर नेपालगन्ज पुगेकी थिन् ।
नेपालगञ्जमा प्रहरीले भेटाएपछि कालिकोट पुगेपछि सोशेकको आश्रयमा बसेको बेला थप तनावमा आत्महत्या गरेको हुनसक्ने उनका आफन्तले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: