काठमाडाैं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन् । २ लाखको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत पुरस्कृत भएको हाे ।
कोषका अनुसार यस सस्थाले वृद्धवृद्धाहरूलाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँंदै आएको छ । साथै वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोर सम्मानित भएका छन् ।
यसैगरी कोषले रु. १ लाख राशिको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौंमा अवस्थित संस्थालाई प्रदान गरिएकोे छ । यस संस्थाले समाजका असहाय वर्गको उद्धार गरी संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ । यसका संस्थापक दुर्गानाथ दाहाल सम्मानित भएका छन् ।
अर्को रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट धनगढी उपमहानगरपालिका – १, कैलालीमा रहेको दृष्टि फाउन्डेसन पुरस्कृत भएको छ । यस संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गर्नुका साथै परिवारसँंग पुनस्र्थापना गराउँदै आइरहेकोे छ । यस संस्थाका अध्यक्ष अध्यक्ष कल्पना भट्ट सम्मानित हुनभएको छ । यो पुरस्कारको राशि पनि रु. १ लाख रहेको छ ।
यस वर्ष संस्था एक दशक पुगेको अवसरमा प्रदान गरिएको अतिरिक्त रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका – ३ लाई प्रदान गरियो । यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको छ । रु १ लाख नगद पुरस्कारसहित संस्था पुरस्कृत हुनुका साथै अध्यक्ष नरबहादुर राउत सम्मानित भए ।
पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्राज्ञ श्री विष्णु प्रभातले ‘परोपकार दर्शन’ शीर्षकमा एक खोजमूलक प्रस्तुत गर्नु भएको थियो । साथै संस्थाले स्थापनाको एक दशकको अनुभव र अनुभूति समेटेर प्रकाशित गरेको एक स्मारिका समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषका अधिकारीले बताएअनुसार पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न ५ जना संलग्न एक छनोट समिति गठन गरिने गर्छ र यसले निष्पक्ष र वस्तुपरक ढङ्गले छानबिन गरी छनोट गरी पुरस्कार र सम्मानका लागि सिफारिस गर्छ ।
यस वर्ष प्रमुख अतिथि ज्येष्ठ नागरिक अधिकार अभियन्ता डा. गौरीशङ्कर लाल दासले पुरस्कार तथा सम्मान अर्पण गरेका थिए ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष स्वयम्सेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पुर्याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गरेका थिए ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आइरहेको छ । सामाजिक सेवा दिवसको अवसरमा आउने असोज ६ गते पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: