Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

समाजसेवी चार संस्था पुरस्कृत

खबरडबली संवाददाता

काठमाडाैं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन् ।  २ लाखको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत पुरस्कृत भएको हाे ।

कोषका अनुसार यस सस्थाले वृद्धवृद्धाहरूलाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँंदै आएको छ । साथै वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोर सम्मानित भएका छन् । 

यसैगरी कोषले रु. १ लाख राशिको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौंमा अवस्थित संस्थालाई प्रदान गरिएकोे छ ।  यस संस्थाले समाजका असहाय वर्गको उद्धार गरी  संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ । यसका संस्थापक दुर्गानाथ दाहाल सम्मानित भएका छन् । 

अर्को रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट धनगढी उपमहानगरपालिका – १, कैलालीमा रहेको दृष्टि फाउन्डेसन पुरस्कृत भएको छ । यस संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गर्नुका साथै परिवारसँंग पुनस्र्थापना गराउँदै आइरहेकोे छ । यस संस्थाका अध्यक्ष अध्यक्ष कल्पना भट्ट सम्मानित हुनभएको छ । यो पुरस्कारको राशि पनि रु. १ लाख रहेको छ । 

यस वर्ष संस्था एक दशक पुगेको अवसरमा प्रदान गरिएको अतिरिक्त रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका – ३ लाई प्रदान गरियो ।  यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको छ । रु १ लाख नगद पुरस्कारसहित संस्था पुरस्कृत हुनुका साथै अध्यक्ष नरबहादुर राउत सम्मानित भए । 

पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्राज्ञ श्री विष्णु प्रभातले ‘परोपकार दर्शन’ शीर्षकमा एक खोजमूलक प्रस्तुत गर्नु भएको थियो । साथै संस्थाले स्थापनाको एक दशकको अनुभव र अनुभूति समेटेर प्रकाशित गरेको एक स्मारिका समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।  

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषका अधिकारीले बताएअनुसार पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न ५ जना संलग्न एक छनोट समिति गठन गरिने गर्छ र यसले निष्पक्ष र वस्तुपरक ढङ्गले छानबिन गरी छनोट गरी पुरस्कार र सम्मानका लागि सिफारिस गर्छ । 
यस वर्ष प्रमुख अतिथि ज्येष्ठ नागरिक अधिकार अभियन्ता डा. गौरीशङ्कर लाल दासले पुरस्कार तथा सम्मान अर्पण गरेका थिए ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष स्वयम्सेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पुर्याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गरेका थिए ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा  २०७४ देखि  चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आइरहेको छ । सामाजिक सेवा दिवसको अवसरमा आउने असोज ६ गते पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ । 
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending