बाँके । बाँकेको डडुवा गाउँपालिका ६ मा रहेको जयेन्दु बाल सुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये चार जना अझै भेटिएका छैनन् ।
उनीहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी नारायण डाँगीले बताए । बालसुधार गृहको स्थिति सामान्य भइसकेको उनले बताए। झपडमा उत्रिएका दुवै समूहसँग छलफल र संवाद गरेर सुधार गृहभित्रको बातावरण सामान्य बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।
असोज ४ गते राति सुधार केन्द्रभित्र झडप भएको थियो। झडपका क्रममा ३४ कैदी बाहिर निस्किएका थिए। उनीहरुमध्ये ३० जना नियन्त्रणमा लिएर लिएर बाल सुधार गृहमै पठाइएको डीएसपी डाँगीले बताए । सुधार गृहमा २५४ जना कैदीबन्दी बस्दै आएका थिए ।
डीएसपी डाँगीका अनुसार असोज ४ गते राति दुई समूहबीच झडप हुँदा सुधार गृहको भवनका रेलिङ र पर्खाल भत्काएर उनीहरु भागेका थिए। उनीहरुले कार्यालयमा तोडफोड समेत गरेका थिए । तोडफोडबाट सुधार गृह भवनका झ्यालका सिसा, कार्यालयभित्र रहेको कम्युटर लगायतका सामान क्षति भएको छ ।
झडप एक जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । रुपन्देहीको कञ्चन गाउँपालिका ४, का २१ वर्षीय शुलभ केसीको उपचारको क्रममा मृत्यु भएको डीएसपी डाँगीले बताए। उनी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसूरमा सजाय काटिरहेका थिए।
घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको छ। उचार गराइहेका मध्ये एक जनाको अवस्था गम्भिर रहेको र अन्यको भने आठ जनाको अवस्था भने सुधारोन्मुख रहेको डीएसपी डाँगीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: