जुम्ला । जुम्लाका महिला घरमै सुत्केरी हुने गरेका छन् । स्वास्थ्य चौकी जाँदा बाटोमा भुत लाग्ने अन्धविश्वासले उनीहरू घरमै सुत्केरी हुने गरेका हुन् ।
घरमै प्रसूति गराउने अवस्थालाई शून्यमा झार्ने सरकारको नीति भएपनि जुम्लाका विकट तथा ग्रामीण भेगका महिलाहरु अझैपनि घरमै असुरक्षित प्रसूति गराइरहेका छन् । यसले आमा र शिशुको स्वास्थ्य र जीवन नै जोखिममा परेको छ।
सरकारले सुरक्षित प्रसूतिका लागि देशभर स्वास्थ्य केन्द्र,चौकीहरूमा र बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था समेत रहेकाे छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा जुम्लामा १ हजार ७ सय ४२ जनाले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराएका छन् । ती मध्ये ७१ जना घरमै प्रसूति भएका छन् ।
पातारासी गाउँपालिका–३ महरी गाउँकी लालकली बुढाले घरमै जन्माएकाे बच्चा जन्मेको ७ दिन मै मृत्यु भए पछि उनलाइ बच्चाको मृत्युले सँधै पिरोलिरहेको बताउँछिन् । स्वास्थ्यचौकी गएर सुरक्षित प्रसूति गराएको भए बच्चा बाँथ्यो की भन्ने आशा लाग्ने गरेकाे भए पनि याे कुराले सँधै पिराेली रहने उनी बताउँछिन् । बर्थिङ सेन्टर पुग्न पैदल आउजाउ गर्न ६ घण्टा समय लाग्ने हुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । २ सय ४० घरधुरी भएको महरी गाउँका सबै घरमै सुत्केरी हुने गरेका छन् ।
घरमै बच्चा जन्माएकी महरीकै सरिता बुढा भने स्वास्थ्यचौकी जाँदा भुइयार लाग्छ भन्ने डरले नगएको बताउँछिन् । भुइयार भनेको भुतप्रेत हो । महरीकै २५ वर्षकी निर्मला बुढा पनि सोही कुरामा सहमति जनाउँदै बाटोमा खोला तर्नुपर्ने र देउता लाग्छ भन्ने डर पनि लाग्ने भएकाले घरमै सुत्केरी हुाे गरेकाे उनी बताउँछिन् ।
पातारासी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन बुढा थापाले महिलाहरु अन्य रोगको उपचार गराउन स्वास्थ्य चौकी आउने गरेको भएपनि सुत्केरी हुन भने नआउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: