Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बाटोमा भुत लाग्ने अन्धविश्वासले घरमै सुत्केरी !

खबरडबली संवाददाता

जुम्ला । जुम्लाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।  स्वास्थ्य चौकी जाँदा बाटोमा भुत लाग्ने अन्धविश्वासले उनीहरू घरमै सुत्केरी हुने गरेका हुन् ।

घरमै प्रसूति गराउने अवस्थालाई शून्यमा झार्ने सरकारको नीति भएपनि जुम्लाका विकट तथा ग्रामीण भेगका महिलाहरु अझैपनि घरमै असुरक्षित प्रसूति गराइरहेका छन् । यसले आमा र शिशुको स्वास्थ्य र जीवन नै जोखिममा परेको छ।

सरकारले सुरक्षित प्रसूतिका लागि देशभर स्वास्थ्य केन्द्र,चौकीहरूमा र बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था समेत रहेकाे छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा जुम्लामा १ हजार ७ सय ४२ जनाले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराएका छन् । ती मध्ये ७१ जना घरमै प्रसूति भएका छन् ।

पातारासी गाउँपालिका–३ महरी गाउँकी लालकली बुढाले घरमै जन्माएकाे बच्चा जन्मेको ७ दिन मै मृत्यु भए पछि उनलाइ बच्चाको मृत्युले सँधै पिरोलिरहेको  बताउँछिन् ।  स्वास्थ्यचौकी गएर सुरक्षित प्रसूति गराएको भए बच्चा बाँथ्यो की भन्ने आशा  लाग्ने गरेकाे भए पनि याे कुराले सँधै पिराेली रहने उनी बताउँछिन् ।  बर्थिङ सेन्टर पुग्न पैदल आउजाउ गर्न ६ घण्टा समय लाग्ने हुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । २ सय ४० घरधुरी भएको महरी गाउँका सबै घरमै सुत्केरी हुने गरेका छन् ।

घरमै बच्चा जन्माएकी महरीकै सरिता बुढा भने स्वास्थ्यचौकी जाँदा भुइयार लाग्छ भन्ने डरले नगएको बताउँछिन् । भुइयार भनेको भुतप्रेत हो । महरीकै २५ वर्षकी निर्मला बुढा पनि सोही कुरामा सहमति जनाउँदै बाटोमा खोला तर्नुपर्ने र  देउता लाग्छ भन्ने डर पनि लाग्ने भएकाले  घरमै सुत्केरी हुाे गरेकाे उनी बताउँछिन् ।

पातारासी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन बुढा थापाले महिलाहरु अन्य रोगको उपचार गराउन स्वास्थ्य चौकी आउने गरेको भएपनि सुत्केरी हुन भने नआउने  बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: