काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर सुन तस्करी गरेको गिरोहले २०२३ को मार्चदेखि नेपालमार्फत तस्करी गर्न थालेको भेटिएको छ । सुरुवातमा उनीहरुले स्मार्ट वाचमा सुन राखेर तस्करी गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बेलाबेला केही घडी हराउन थालेपछि ब्रेक प्याड र सेभर (दाह्री काट्ने मेसिन) मा राखेर सुन ल्याउन थालेको सुन प्रकरणमा पक्राउ परेका आरोपी लि जेक्वाङले बताएका छन् । सरकारी वकिलको रोहबरमा उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘एक पटक ८ वटा घडी हराएपछि सेभर र ब्रेक प्याड लगायतमा राखेर सुन ल्याउन थालेको हो ।’
उनले बयानमा भनेअनुसार एउटा घडीमा २० ग्राम सुन हुन्थ्यो भने सेभरमा ५० ग्राम सुन आएँथ्यो । ‘ती सामानमा कहिले सुन राखेर त कहिले सुन नराखी आउने गरेको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडमा आएको सामान कहिल्यै हराउँदैनथ्यो र एकसेट ब्रेक प्याडमा ५ सयदेखि ६ सय ग्राम सुन आउने गरेको थियो ।
चिनियाँ नागरिक चोङ चिङ छह्रवाङ, चोङ चेनह्रवा, पिङ र एलेक्स भनिने याओ पुचेङ लगायतले ती सामग्री रेडी ट्रेड प्रालिमार्फत ल्याउने गरेको उनले बताएका छन् । प्रहरीका अनुसार जेक्वाङले बालुवाटार र लाजिम्पाटको गोदामको व्यवस्थापन गर्ने गरेका थिए ।
‘मलाई जानकारी भएसम्म घडीमा एक पटक ७५ वटामा सुन आएको थियो, सेभरमा एकपटकमा ७५/७६ वटा गरेर दुई पटक आएको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडको हकमा १९/२० पटक सुन राखेर आएको थियो ।’
चेक्वाङले चीनबाट आफूलाई निर्देशन दिएअनुसार आफूले विभिन्न व्यक्तिलाई सुनको ढिक्का दिने गरेको पनि खुलाएका छन् । ‘कहिले ५ रुपैयाँ त कहिले १० रुपैयाँको नोटको फोटो आउँथ्यो, त्यसको नम्बर हेरेर त्यो नोट लिएर आउने व्यक्तिलाई डेलिभरी दिन्थें’, उनले भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: