बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो ।
चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए । जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दु:ख दिइरहेको छ । विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो ।
“सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, धौधौ ज्यान जोगायौँ”, ४० वर्षअघिको बाढी सम्झदै बुढाले भने, “त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन ।”
वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट पनि विस्थापित हुनुपर्ने होकि भन्ने चिन्ताले सताउन थालेको छ । बाढीले बर्सेनि जमिन कटान गरिरहेको छ । “अब खेतीपातीका लागि जमिन छैन, नेपाल–भारत सीमा नजिक दशगजा क्षेत्रमा एक कट्ठा जमिनमा घर मात्रै बाँकी छ”, उनले भने, “यस्तै रह्यो भने यहाँ कसरी बस्ने ? फेरि विस्थापित हुनुपर्ने अवस्थामा आइसक्यो ।” बुढा हाल भाडामा जमिन लिएर खेतीपाती गर्दै आएका छन् ।
बुढा जस्तै भारतीय नागरिक कार्तिक मण्डलको पनि समस्या छ । कुतियाकबर पारी भारतीय बस्ती नौजलियाका मण्डलसँग पनि खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ । उनी वर्षौंदेखि कुतियाकबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । महाकाली नदीले जमिन कटान गरेर बगर बनाएको उनको भनाइ छ ।
“दुई एकड जमिन लिजमा लिएको थिएँ, महाकालीले बगाएर आधा मात्रै बाँकी छ”, उनले भने, “जोगबुढा र महाकाली नदीले यहाँको खेतीयोग्य जमिनलाई बगर बनाउँदैछ ।”
कुतियाकबरकै लालबहादुर खड्काको पनि करिब तीन बिघा जमिन महाकालीले बगायो । उनी डोटीबाट दशकअघि कुतियाकबर झरेका थिए । “सुरुआतमा यहाँ जंगल थियो, राजाले बस्ती खोलेपछि बुवा जङ्गल फाडेर बस्नुभएको हो”, लालबहादुरले सुनाए, “डेढरदुई बिघा जोगबुढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि ।” जोगबुढा र महाकाली नदीको बाढीले कुतियाकबरका सयौँ परिवारको उठीबास भएको छ । कुतियाकबरको उर्वराभूमि बाढीले बगरमा परिणत भइरहेको छ ।
विसं २०२४ देखि कुतियाकबरमा मानव बस्ती विकास भएको थियो । त्यसबेला करिब एक सयभन्दा बढी परिवार कुतियाकबरमा बस्थे । अहिले बाढीकै कारण विस्थापित भएर ४२ परिवार मात्रै छन् । यो नेपालको पश्चिमी दक्षिणी अन्तिम सीमा हो । सदरमुकामबाट टाढा रहेको यस भूभागका स्थानीयले राज्य भएको अनुभूति गर्न नपाएको गुनासो गरिरहन्छन् ।
जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ । सयौँ बिघा खेतीयोग्य जमिन बगर बनिसकेको छ । बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित हुन्छन् । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन्, उनीहरू ।
पानी परेको रात जाग्राम बस्नुपर्ने यहाँका मानिसको बाध्यता हो । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा पानीको बहाव हेरिरहनुपर्छ”, स्थानीय वसन्ती सुनारले भनिन्, “बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन, त्रासै त्रासमा बस्नुपरेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - ११:११
बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...
फाल्गुन २८ गते, २०८२ - १०:५५
दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...
फाल्गुन २८ गते, २०८२ - १०:४८
हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...
फाल्गुन २८ गते, २०८२ - १०:३७
फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...



प्रतिकृया लेख्नुहोस्: