Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

यस्ता छन् अदुवा खानुका फाइदाहरु

खबरडबली संवाददाता

काठमाडाैं । अदुवा नचिन्ने मानिस संसारमै शायदै होला । हामी नेपालीहरुको भान्छाघरमा त सजिलै उपलब्ध हुने, अझ भनौं नभई नहुने मसलामध्येको एक हो अदुवा । अदुवाको अभावमा हाम्रो भान्छाघरमा पाक्ने परिकारहरु शायदै स्वादिलो होलान् ।

त्यसो त अदुवा खानेकुरा स्वादिलो बनाउने जरुरी मसला मात्रै हैन, औषधीको भण्डार पनि हो । इतिहासलाई फर्केर हेर्दा आजभन्दा करिब ४००० वर्षअगाडिदेखि नै मानिसले अदुवाको प्रयोग गर्दै आइरहको पाइन्छ ।

खासगरी, दक्षिणपूर्वी एशियामा उत्पत्ति थलोमा मानिएको अदुवा चीनमा २००० वर्षपहिलेदेखि नै औषधीको रुपमा पनि प्रयोग हुँदै आइरहेको छ । आजभोलि त अदुवा संसारभरि नै उत्पादन हुने गर्छ । यसो हुनुको कारण चाहिँ यसको मसलामा उपयोग त हुँदै हो, त्यसबाहेक यसका औषधीय गुणहरुबारे मानिसले थाहा पाएर पनि हो ।

अदुवालाई विभिन्न रुपमा प्रयोग गर्ने गरिन्छ । यसलाई काँचै पिनेर लेदोको रुपमा, सुकाएर पिनी धुलोको रुपमा तथा प्रशोधन गरेर तेल निकालेर पनि अदुवालाई प्रयोग गर्ने गरिन्छ । यो चियादेखि खानेकुराहरु अनि आयुर्वेदीय–जडीबुटी औषधीहरुमा व्यापक मात्रामा प्रयोग हुने गर्छ ।

अदुवाका फाइदाहरु

भनिबस्नै परेन– अदुवाले खानेकुरा स्वादिलो बनाइदिन्छ । त्यसबाहेक यसको औषधीय गुणहरु पनि कम छैन । अदुवामा जिन्जेरोल (gingerol) र सोगावोल (shogaol) जस्ता बायोएक्टिभ तत्वहरु हुने गर्छन् ।

यी तत्वहरुमा डाहा कम गर्ने तथा एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । वाकवाकी लाग्ने समस्यामा त यो अत्यन्तै प्रभावकारी हुने गर्छ । खासगरी, बिहानको समय लाग्ने वाकवाकी, यात्रा गर्दा हुने वाकवाकी तथा अपरेशन गरिसकेपछि वा केमेथेरापी गरेपछि लाग्ने वाकवाकीहरुको रोकथाममा यो अत्यन्तै उपयोगी हुने गर्छ ।

त्यसैगरी, अदुवाले महिनावारीको समयमा हुने पेट दुख्ने तथा मासु बाउँडिने समसया अनि वाथरोगका कारण मांसपेशीहरु कडा हुने समस्यामा पनि राहत मिल्छ । खाना राम्ररी पचाउन, हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतलाई सही ढंगले काम गर्न समेत अदुवाले सहयोग गर्छ ।

अदुवाले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । अदुवामा घाँटी दुखेको वा स्वर बसेको, रुघाखोकी लागेको, मांसपेशीहरु दुखेको समस्यामा पनि अदुवाको सेवनले राहत पुग्छ । त्यसबाहेक, यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राखेर शरीरको स्वास्थ्यलाई ठीक अवस्थामा राख्न समेत काम गरिरहेको हुन्छ ।

अदुवाले मस्तिष्कको कार्यक्षमतालाई सही ढंगले सञ्चालित हुन तथा स्मरण शक्तिलाई दुरुस्त राख्न सहयोग गर्छ । कतिपय विज्ञहरुको भनाइमा त यसले यौन क्षमतालाई सही राख्न समेत भूमिका निर्वाह गर्ने गर्छ । यसबारेमा पनि विभिन्न अध्ययनहरु भइरहेका छन् ।

कति खाने अदुवा ?

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भन्ने नेपाली उखान नै छ । त्यसैले कुनै पनि चीज फाइदा गर्छ भन्दैमा जथाभावी धेरै खानु पनि हुँदैन । सामान्यतः एउटा स्वस्थ मानिसले दिनको ४–५ ग्राम अदुवा खानु ठीक मानिन्छ भने गर्भवती महिलाले चाहिँ १ ग्रामसम्म खानु ठीक हुन्छ ।

त्यसैगरी, २ वर्षभन्दा मुनिका बच्चालाई अदुवा नखुवाउनु नै जाति मानिन्छ । धेरै अदुवा खायो भने वाकवाक लाग्ने, छाती पोलेको जस्तो हुने र कोहीकोहीलाई त पखालासमेत लाग्ने गर्छ । त्यसैगरी, पाइल्सको समस्या हुनेहरुलाई पनि अदुवाले फाइदाभन्दा बेफाइदा गर्ने गर्छ । त्यसैले त्यस्ता रोगीहरुलाई अदुवा नखान नै सल्लाह दिने गरिन्छ ।

अदुवाले रगत पातलो बनाउने काम पनि गर्छ । त्यसैले रक्तस्राब हुनेहरुलाई पनि अदुवाले फाइदा गर्दैन । त्यस्ता समस्या हुनेहरुले अदुवा नखाएकै जाति । त्यसबाहेक, लामो समयदेखि औषधी सेवन गर्दै आइरहेका दीर्घरोगीहरुले पनि अदुवा खानुपूर्व आफ्ना चिकित्सकसँग सल्लाह गर्नु उचित हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending