ओखलढुंगा । ओखलढुंगाबाट सुत्केरी र गर्भवती महिलाको उद्धार गरीएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ र वडा नं. ५ का दुई महिलाको हेलीकप्टरमार्फत उद्धार गरीएको हो ।
सिद्धिरण नगरपालिका– ५ वर्णालुका राजेन्द्र राईकी ४६ वर्षीय श्रीमती रतनीमाया राई र सिनपा–२ ठूलाछाप पुष्ष कुमार कट्वालकी श्रीमती उमा बस्नेत (कटवाल) को राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरीएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
ठूलाछापकी गर्भवती उमा बस्नेत कटवाललाई प्रसव पिडा भए सँगै ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा लगिएको भए पनि आमा र बच्चाको अवस्था गम्भीर भएको चिकित्सकहरूले जानकारी गराएका कारण उनलाई तत्काल उद्धार गरी काठमाडौंको प्रसुती गृह पठाइएको वडाध्यक्ष बसन्त कटुवालले बताए । विपन्न परिवार भएका कारण अर्थिक अवस्थाले पनि तत्काल काठमाडौं जान सक्ने अवस्था नभएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलीकप्टर मगाई पठाइएको उनकाे भनाइ छ । वडाबाट पाँच महिनामा दुई महिलालाई यसरी उद्धार गरी आमा र शिशुको जीवन रक्षा भएको कटवालले बताए ।
यसैगरी समय नपुगी बच्चा जन्माएकी सिद्धिचरण नगरपालिका–५ वर्णालुकी ४६ वर्षीया रतनीमाया राईको पनि आजै उद्धार गरीएको छ । गर्भरहेको सातौ महिनामा नै अचानक स्वास्थ्यमा समस्या आएर रक्तश्राव भएपछि स्थानीयले उनको तत्काल उद्धार गरि सामुदायीक अस्पताल पुर्याएका थिए । स्वास्थ्यकर्मीको सहयोगमा उनले छोरालाई जन्मदिएकी भए पनि शिशु महिना नपुगी जन्मिएको र बढी रक्तश्राबका कारण आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था गम्भिर रहेको भन्दै अस्पतालले काठमाडौं लैजान सल्लाह दिएको थियो ।
दुबैजनाको स्वास्थ्य अबस्था कमजोर भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरि काठमाडाैं पठाईएको ओखलढुंगाका जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताईन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १०:४२
रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र कांग्रेसबीच कडा टक्कर भएकाे छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...
फाल्गुन २३ गते, २०८२ - १०:२९
दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...
फाल्गुन २३ गते, २०८२ - १०:०६
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...
फाल्गुन २३ गते, २०८२ - ०९:५८
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...
फाल्गुन २३ गते, २०८२ - ०९:३५
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
फाल्गुन २३ गते, २०८२ - ०९:२५
परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?
फाल्गुन २३ गते, २०८२ - ०८:२१
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...
फाल्गुन २३ गते, २०८२ - ०८:२०
बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...
फाल्गुन २३ गते, २०८२ - ०८:१४
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...
फाल्गुन २३ गते, २०८२ - ०८:०१
अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...



प्रतिकृया लेख्नुहोस्: