Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

शनिबार कसरी भयाे प्रसव पिडा ? १५ दिनअघि नै जन्मिएकी थिइन् बालेनकी छोरी !

खबरडबली संवाददाता

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामाजकि सञ्जालमार्फत  शनिबार राति एक विवादित अभिव्यक्ति दिएका छन् । उनले शनिबार बेलुका चोर सरकार १ भन्दै सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।

यतिबेला स्थानीय सरकारका कार्यकारी प्रमुखको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै समाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । उनकै केही समर्थकले पनि उक्त अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आलोचना गरिरहेका छन् । 

शनिबार बालेनले उनकी पत्नी सबिना काफ्ले सवार महानगरपालिकाको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेपछि साह आक्रोशित भएको भनिए पनि यसको सत्यता के हो अझै बाहीरीएको छैन । कतिपयले उनकै श्रीमती रहेकाे बताइ रहेका छन् भने कतिपयले उनकी श्रीमती नभएर अरु नै गाडीमा सवार रहेकाे बताएका छन् ।

यस लगतै आइतबार बिहानै एक्कासी एउटा हल्ला फैलियो । हिजो राति साहको छोरी जन्मिइन्  भनेर । उनका कट्टर समर्थक रहेका केही नाम चलेका कलाकारहरुले नै यो खालको हल्ला फैलाएका थिए । र त्यसपछि उनको गतल अभिव्यक्तिको समर्थन गर्नलाई गज्जबको मसला मिल्यो समाजिक सञ्जालमा । 

प्रसूतिले छटपटाएकी श्रीमती सबिना काफ्लेलाई गाडीमा लैजँदा किन रोक्यो ट्राफिकले ? बालेन साहको आक्रोश ठिक छ भन्ने सबै उनका समर्थक रहेको देखिन्छ । तर, शनिबार प्रहरीले बालेनकी प्रसव पीडामा छटपटिएकी श्रीमती चढेको गाडी रोकेको कुरा भने गलत सावीत भएको छ । किन की काफ्लेले केही दिन अघि नै बच्चा जन्माइ सकेकाे तथ्य फेला परेकाे छ । आखिर कहाँ गएर आएकाे थियाे त महानगरकाे गाडी याे अहिले सम्म कसैलाई जानकारी नै गराइएकाे छैन ।

शनबिार बेलुका उनकी छोरी नै जन्मिएकी होइनन् ।  केही दिनअघि नै उनकी छोरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा जन्मिएकी बताइएको छ । त्यहाँका एक चिकित्सकले हिजो बालेनको बच्चा जन्मिएको कुरा गलत भएकाे भन्दै केही दिन अघि नै उनकाे छाेरीकाे जन्म भएकाे बताए । उनले   केही समस्या भएका कारण शिशुलाई एनआइसीयूमा राखिएको बताउँदै आफुलाई ठ्याक्कै मिति चाँही  थाहा नभएको तर उनको छोरी हिजो नजन्मिएको बताए । शनिबार आफू छुट्टिमा भएकाले बालेन्द्रकी श्रीमती अस्तपाल आए नआएको थाहा नभएको उनको भनाइ छ । एनआइसीयूमा राखिएकी शिशुलाई हेर्न, दूध खुवाउन आएको हुनसक्ने उनले बताए । 

मेडिसिटी अस्तपालको एक स्रोतले त बालेन्द्र साहको बच्चा जन्मिएको १५ दिन भइसकेको बताएको छ । ‘बालेन्द्रको बच्चा जन्मिएको छ भनेर कडा सुरक्षा थियो । १५ दिनजति भइसक्यो’ स्रोतले भन्यो, -'त्यो वार्डपट्टी कसैलाई जानै दिइएको थिएन ।' मेडिसिटी अस्पालका सबैजसो चिकित्सक, स्वास्थ्यकर्मीलाई यसबारे जानकारी भएपनि बोल्दा केही समस्या पर्ने होकि भनेर कसैले सत्य कुरा नभनेको स्रोतको भनाइ छ ।  यसबारे प्रश्न राख्दा मेडिसिटी अस्तपालका एक उच्च अधिकारी बोल्न नमिल्ने भन्दै पन्छिएका छन्  ।

यसबारे सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ । कसैले गत  बिहीबार बच्चा जन्मिएको भनिरहेका छन् भने कसैले एकसाता भएको भनेका छन् । तर अस्पताल स्रोतका अनुसार शनबिार बालेनको बच्चा जन्मीएको भने हैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामेछापमा नेकपा र कांग्रेसबीच कडा टक्कर, २९ मतलले श्रेष्ठ अगाडी

रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र  कांग्रेसबीच कडा टक्कर  भएकाे छ  । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...

१२ वर्षपछि खाोला फर्कन्छ भने झैं फर्कियो दैलेख १ मा कांग्रेस

दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...

रुबिना आचार्य जसले डा. शेखरलाई भारी मतान्तरले हराउन सफल भइन्

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...

भक्तपुर–१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, प्रेम सुवाल पराजित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

२०६४ को माओवादी लहर र २०८२ को रास्वपा उभारको तुलना

परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...

बागलुङ-२ मा रास्वपा र कांगेसबीच कडा प्रतिस्पर्धा : ३८ हजार मत गन्दा १४४ को अन्तर

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...

विजयी नजिक पुगेपछि जुलुस नगर्न महाविर पुनकाे आग्रह

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...

अछाममा एमालेको अग्रता, पछि परे भीम रावल

 अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE