Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

माओवादी केन्द्रले तीन महिनाभित्र आईसीटी फोरम वडा तहमा विस्तार गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन आइसीटी फोरमलाई तीन महिनाभित्र वडातहसम्म विस्तार गर्ने भएको छ । आइसीटी फोरम कार्यसमितिले गरेको निर्णयसहित तीन महिनाभित्र आइसीटी फोरमलाई तीन महिनाभित्र वडातहसम्म विस्तार गर्ने भएको हाे । 

केन्द्रीय समितिदेखि वडा समिति तथा जनवर्गीय संगठनका  सबै तहसम्म आइसीटी फोरम विस्तार गर्ने गरी परिपत्र जारी गरिएकाे हो । सूचना र प्रविधि क्षेत्रमा विपक्षी दलहरूको तुलनामा माओवादी केन्द्र रक्षात्मक रहेको निष्कर्ष निकाल्दै विपक्षीबाट हुने अनर्गल प्रचारको प्रतिबाद गर्ने गरी अध्यक्ष प्रचण्डले भदौ १० गते आइसीटी फोरम घोषणा गरेका थिए ।

४१ सदस्यीय कार्यसमितिमा अहिले २९ जनामात्र छन् । राष्ट्रिय सम्मेलनबाट पदाधिकारीसहित कार्यसमिति गठन गर्ने अध्यक्ष गोविन्द आचार्यले जारी गरेको परिपत्रमा उल्लेख छ ।

कसरी हुन्छ कार्यसमिति गठन ? 

१. राष्ट्रिय सम्मेलनका प्रनिनिधिहरुबाट निर्वाचित देहाय बमोजिमका पदाधिकारीहरु रहने ४१ सदस्यीय एक कार्य समिति गठन गरिने छ ।

अध्यक्ष–१, उपाध्यक्ष–७ (सात प्रदेशवाट एक एक जनाका दरले), महासचिव–१, सचिव–३ (एक महिला र एक समावेशी अनिवार्य) र कोषाध्यक्ष–१ लाई कार्य समितिले चयन गर्ने छ । कार्य समितिले ३ः१ को अनुपातमा सचिवालय गठन गर्न सक्ने छ ।

२. कार्य समितिको कार्यकाल ४ (चार) वर्षको हुने छ ।

३. राष्ट्रिय सम्मेलन नहुँदासम्म संस्थापकहरुले आयोजक समितिको भूमिका खेल्नेछन् ।

४. कार्य समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्य समितिको

पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्य

समितिको बैठक तुरुन्त बोलाउनुपर्ने छ ।

५. कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको बैठक बस्ने छैन ।

६. कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा महासचिवले अध्यक्षता गर्ने छ ।

७. कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुने छ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।

यस्तो छ कार्यविभाजन

आइसीटी फोरममा रहने सदस्यहरूले पार्टी प्रदेश, जवस, मोर्चाको प्रतिनिधित्व गर्ने र सोही प्रदेश, मोर्चा र जवसमा आइसिटी फोरमको संयोजन गर्ने गरी कार्य विभाजन गरिएको छ ।

पार्टीको ३ महिने अभियानको क्रममा पार्टी, जवस र मोर्चामा वडा तहसम्म आइसीटी फोरम गठन गरिसक्नु पर्ने छ । अन्य नेताहरूले कार्यालयसँग जोडिइ कार्य गर्ने ।

कार्यालयको तर्फबाट अध्यक्षले अर्को बैठकमा समग्र कार्य विभाजन र कार्यक्रमको खाका पेस गर्ने तथा संस्थाको विधान दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending