काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन आइसीटी फोरमलाई तीन महिनाभित्र वडातहसम्म विस्तार गर्ने भएको छ । आइसीटी फोरम कार्यसमितिले गरेको निर्णयसहित तीन महिनाभित्र आइसीटी फोरमलाई तीन महिनाभित्र वडातहसम्म विस्तार गर्ने भएको हाे ।
केन्द्रीय समितिदेखि वडा समिति तथा जनवर्गीय संगठनका सबै तहसम्म आइसीटी फोरम विस्तार गर्ने गरी परिपत्र जारी गरिएकाे हो । सूचना र प्रविधि क्षेत्रमा विपक्षी दलहरूको तुलनामा माओवादी केन्द्र रक्षात्मक रहेको निष्कर्ष निकाल्दै विपक्षीबाट हुने अनर्गल प्रचारको प्रतिबाद गर्ने गरी अध्यक्ष प्रचण्डले भदौ १० गते आइसीटी फोरम घोषणा गरेका थिए ।
४१ सदस्यीय कार्यसमितिमा अहिले २९ जनामात्र छन् । राष्ट्रिय सम्मेलनबाट पदाधिकारीसहित कार्यसमिति गठन गर्ने अध्यक्ष गोविन्द आचार्यले जारी गरेको परिपत्रमा उल्लेख छ ।
कसरी हुन्छ कार्यसमिति गठन ?
१. राष्ट्रिय सम्मेलनका प्रनिनिधिहरुबाट निर्वाचित देहाय बमोजिमका पदाधिकारीहरु रहने ४१ सदस्यीय एक कार्य समिति गठन गरिने छ ।
अध्यक्ष–१, उपाध्यक्ष–७ (सात प्रदेशवाट एक एक जनाका दरले), महासचिव–१, सचिव–३ (एक महिला र एक समावेशी अनिवार्य) र कोषाध्यक्ष–१ लाई कार्य समितिले चयन गर्ने छ । कार्य समितिले ३ः१ को अनुपातमा सचिवालय गठन गर्न सक्ने छ ।
२. कार्य समितिको कार्यकाल ४ (चार) वर्षको हुने छ ।
३. राष्ट्रिय सम्मेलन नहुँदासम्म संस्थापकहरुले आयोजक समितिको भूमिका खेल्नेछन् ।
४. कार्य समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्य समितिको
पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्य
समितिको बैठक तुरुन्त बोलाउनुपर्ने छ ।
५. कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको बैठक बस्ने छैन ।
६. कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा महासचिवले अध्यक्षता गर्ने छ ।
७. कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुने छ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
यस्तो छ कार्यविभाजन
आइसीटी फोरममा रहने सदस्यहरूले पार्टी प्रदेश, जवस, मोर्चाको प्रतिनिधित्व गर्ने र सोही प्रदेश, मोर्चा र जवसमा आइसिटी फोरमको संयोजन गर्ने गरी कार्य विभाजन गरिएको छ ।
पार्टीको ३ महिने अभियानको क्रममा पार्टी, जवस र मोर्चामा वडा तहसम्म आइसीटी फोरम गठन गरिसक्नु पर्ने छ । अन्य नेताहरूले कार्यालयसँग जोडिइ कार्य गर्ने ।
कार्यालयको तर्फबाट अध्यक्षले अर्को बैठकमा समग्र कार्य विभाजन र कार्यक्रमको खाका पेस गर्ने तथा संस्थाको विधान दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...


प्रतिकृया लेख्नुहोस्: