Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

‘काठमाडौं युथ कनक्लेभ’ आयोजना हुँदै

खबरडबली संवाददाता

काठमाडौं । युवा लक्षित कार्यक्रम ‘काठमाडौं युथ कनक्लेभ २०८०’ (केवाईसी) यही भदौ ९ गते शनिबार आयोजना हुने भएको छ । केवाईसीको सम्पूर्ण तयारी पुरा भइसकेको र शनिबार बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

कार्यक्रमलाई फिनिक्स कलेज र युनिभर्सल कलेजले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रम प्रज्ञा प्रतिष्ठान भवन, कमलादी, काठमाडौमा हुनेछ । कार्यक्रमको मुख्य प्रयोजकमा नेपालको पहिलो मोबाइल वालेट इसेवा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै फिनिक्स कलेजका प्रिन्सिपल प्रा.डा. फत्तबहादुर केसीले यो कार्यक्रमले युवा विदेश पलायन हुने क्रम केही हदसम्म मात्रै भए पनि रोक्ने अपेक्षा गरिएको बताए ।

ग्लोबल कलेजका प्रिन्सिपल तथा फिनिक्स नेटवर्कका चिफ एकेडेमिक डाइरेक्टर डा. शिवदत्त ज्ञवालीले देशमै बसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुबाट युवाहरुले धेरै सिक्न पाउने बताए । युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्न, नयाँ इनोभेशनका काम गर्न यो कार्यक्रम कोशेढुङ्गा हुने उनले अपेक्षा गरे । पत्रकार सम्मेलनमा फिनिक्स कलेजका एकेडेमिक डाइरेक्टर अभिनाश अधिकारी, इजोनका अध्यक्ष रवीचन्द्र पराजुली लगायतको सहभागिता रहेको थियो ।

देशको जनसंख्याको झन्डै ४० प्रतिशत ओगट्ने युवायुवतीहरुलाई एउटै मञ्चमा ल्याइ, देशको विभिन्न क्षेत्रमा ख्याती प्राप्त, अनुभवी तथा उल्लेख्य प्रगती गरेका व्यक्तिहरुको ज्ञान, सीप, अनुभव बाँडी, युवा वर्गलाई देशको चौतर्फी विकासमा योगदान पुर्यउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको युनिभर्सल कलेजका एकेडेमिक डाइरेक्टर, फिनिक्स नेटवर्कका डाइरेक्टर तथा कार्यक्रम संयोजक राजु टण्डनले बताए ।

उनले भने, ‘देशका शसक्त युवायुवतीलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गरी, नेपालमै शिक्षा प्रदान गरी, देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिइ, स्वरोजगारका अवसरहरु सृजना गरी राष्ट्रसेवामा अभिप्रेरित गर्न यस कार्यक्रमको भूमिका रहने छ ।’

यस कार्यक्रममा करिब ५००० युवायुवतीहरुको (खासगरी १६ देखि २५ वर्ष उमेरसमूहका) सहभागिता हुने आयोजकको आशा रहेको छ । यो केवाईसीको चौथो संस्करण हो ।

कार्यक्रममा वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित सेफ सन्तोष साह, कीर्तिमानी धाविका मिरा राई, एनसेलका सिइओ जबुर कायुमोभ, पब्जी मोबाइल टिम डिआरएस गेमिङ, सामाजिक अभियन्ता भूमिका श्रेष्ठ, इसेवाका सिइओ जगदिश खड्का, मोटिभेशन स्पिकर रुपेशभारा गौरा दास, गायक तथा संगीतकार नितेशजंग थापा, र्यापर महेश दोङ, गायक, गीतकार तथा गिटारिष्ट समीर श्रेष्ठ, कमेडियन साजन श्रेष्ठ लगायतको सहभागिता, अन्तरक्रिया र प्रस्तुति रहने छ ।

विगतका वर्षहरु सरह यस वर्षको ‘काठमाण्डौ युथ कनक्लेभ –युथ आइकन’ अवार्ड नेपालमा ई–स्पोर्टस्को नयाँ सम्भावना उजागर गर्न सफल नेपाली पब्जी टीम ‘डिआरएस’ लाई प्रदान गर्ने आयोजकले बताएको छ । रू १ लाख पुरस्कार राशि र सम्मान रहेको यो अवार्ड प्रत्येक वर्ष युवाहरुमा प्रेरणा दिने व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन सांगीतिक प्रस्तुति, प्रहसन, नृत्य प्रस्तुति लगायत विभिन्न स्टार्टअपमण्डप, खानाका स्टलहरु, खेलहरु तथा विद्यार्थीका रोचक प्रस्तुतिहरु पनि समावेश गरिएको संयोजक टण्डनले बताए । युवा लक्षित कार्यक्रम भएकोले युवाहरुलाई सक्रिय सहभागिता जनाउन पनि उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।

यस कार्यक्रमलाई सहयोग गर्नेहरुमा Title Sponsor (eSewa), Powered By (Fonepay), Connected By (Ncell), Banking Partner (Nabil Bank), Two-Wheeler Partner (Yamaha), Bevarage Partner (Coca Cola), Tech Partner (Hifuture), ACCA Course Partner (CCA), Online Knowledge Partner (Ambition Guru), Gift Partners (Himalaya Floriculture, Hesse Tisa, Hesse, Hatti Hatti), Airlines Partner (Yeti Airlines), Clothing Partner (Snappish Wear), IT Partner (Code Himalaya), Health Partner (Green Life Health Care), Placement Partner (Jobs Dynamics), News Partner (edusanjal), Social Media Partner ( RONB), Sports Partner (Cricket Excellence Partner), Institute Partner (Career Consult), Production Partner (Mertz Creation), Performance Partner (D-Palace Fitness and Dance Institute), Mobile Partner (Nothing Phone (2) by Tech Studio), Tailoring Partner (Merina Impex), Restro and Meet Partner (Carnival), Digital Partner (Chainge Digital), Entertainment Partner (QFX Cinemas), Broadcast By (Kasthamandap Gold HD Television) लगायत रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending