काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्दोबस्त गरिएको थियो।
त्यहाँ उनका औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको थियो। लगत्तै उक्त फोटो सार्वजनिक गरियो।
छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भए। उनी त्यसपछि जोर्जियाबाट फर्किँदै छन्।
अघिल्लो राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन्।
उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भन्दै अस्वीकार गर्दै आएका छन्। फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जोर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ज गरिएको छ।
जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए। त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए।
“निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ। मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो,” उनको विमानबाहिर पर्खिरहेका पत्रकारहरूलाई उनले भने, “मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ।”
उनले यसअघि चुनाव हारेपछि विरोध जनाएका दुई डेमोक्र्याट नेताहरूको उदाहरण दिए – हिलरी क्लिन्टन जसले सन् २०१६ मा उनीसँग पराजय बेहोरेकी थिइन् अनि स्टेसी एब्राम्स जसले सन् २०१८ मा जोर्जियाको गभर्नर पदको चुनाव हारेकी थिइन्।
तर खासमा ट्रम्पलाई चुनावी नतिजाप्रति आपत्ति जनाएकोमा अभियोग लगाइएको भने होइन। उनलाई निर्वाचन प्रक्रियामा नै प्रभाव पार्ने गरी गैरकानुनी कार्य गरेको अभियोग लागेका छन्।
सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न आँटेका ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो।
यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए। थप सात जना प्रतिवादीहरूले त्यहाँ आत्मसमर्पण गर्ने फुल्टन काउन्टी शेरिफ कार्यालयले जनाएको छ।
यसबीच एक जना पूर्व सङ्घीय अभियोजनकर्ता तथा एफबीआईका परामर्शदाता जोसेफ मोरेनोले जोर्जिया मामिला लगायत ट्रम्पले सामना गरिरहेको अन्य तीन फौजदारी मामिलाका अदालती सुनुवाइ प्रक्रिया सुरु हुन लामो समय लाग्न सक्ने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: