Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे । यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गरे ।

सांसद डोलप्रसाद अर्यालले हालै सरकारले श्रमिकको न्यूनतम पारश्रमिक बढाएको बारेमा केही औद्योगिक व्यवसायीले बढेको सो पारिश्रमिक दिन नसकिने भनी दिएको अभिव्यक्तिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गरे ।

सांसद तेजुलाल चौधरी टीकापुर घटनाको लामो समय भए पनि सो घटनाका केही निर्दोष व्यक्ति अझै पनि लुकेर बस्नु परेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरे । सांसद दामोदर भण्डारीले बाढी पहिरोले बाटाहरु अवरुद्ध भएको, लम्की स्किनको प्रकोप भयावह फैलिएको, वन्यजन्तुले बालीनाली सखाप गरेकोलगायत सवालामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिपा शर्माले शिक्षा क्षेत्रमा विभिन्न सुधारका माग राखी माइतीघर मण्डलामा लामो समयदेखि अनशन भइरहेको भए पनि सरकार बेखबर जस्तो देखिएको जनाउँदै बन्द भएका सिटिइभिटीअन्तर्गतका कलेज खुलाउन माग गरिन् । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको हाल बन्द अवस्थामा रहेको श्रीराम सुगरमिल किसानको हितका लागि भएपनि यथाशीघ्र सञ्चालन गर्न माग गरिन् ।

सांसद धनबहादुर बुढाले डोल्पाको उत्तरी क्षेत्रका नाकामा हाटबजार मेला लाग्दै आएको भए पनि कोभिडका कारण विगत पाँच वर्षदेखि बन्द रहेकाले सो स्थानमा दैनिक उपभोग्य, खाद्यान्न, निर्माण सामग्रीको अभाव भएको र  नाका खुलाउन माग गरे ।

सांसद धवलशम्शेर जबराले नेपालगञ्जमा खेलकुदको पूर्वाधारमा कमी भएको, कपास विकास समिति अलपत्र भएका, नर्सिङ कलेजलाई भर्ना गर्न नदिएको बारेमा सदनको ध्यानाकर्षण गराए । सांसद ध्रुवबहादुर प्रधानले उद्योगमा सबैभन्दा बढी राजस्व तिर्ने नवलपरासी पश्चिमका जनता आर्सनिक खानेपानी खान बाध्य भएको बताउँदै शुद्ध खानेपानी उपलब्ध गराउन माग गरे ।

सांसद नारायणप्रसाद आचार्यले पाल्पा रामपुरको बाटो लामो सयमदेखि बजेटको कमीका कारण मर्मतसमेत हुन नसेकेको हुँदा मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद पृष्पबहादुर शाहले अछामको कैलाश खोलामा आएको बाढीले पर्यटकीयस्थल रामारोशन बाटो अवरुद्ध भएको तत्काल बाटो खुलाउन आग्रह गरे ।

सांसद प्रकाशमान सिंहले बाढीपहिरोले मुलुकभर जस्तै काठमाडौँ उपत्यका पनि डुबानको समस्या बढेको हुँदा यसको दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद प्रदीप पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरिएको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्न माग गरे ।

सांसद प्रतिमा गौतमले बाढी पहिरोको समस्या, आँखा पाक्ने रोगको प्रकोप, लम्पी स्किनको सङ्क्रमण, महँगी, भ्रष्टाचारलगायत जनजीविकाका विविध समस्या भए पनि सुनका नाममा एक महिनादेखि संसद् बन्द भएको उल्लेख गर्दै त्यसपछि संसद् सञ्चालन हुनुलाई कसरी उपलब्धि मान्न सकिन्छ भनी प्रश्न गरिन्

सांसद प्रभु हजाराले शुद्ध खानेपानी पाउने जनताको मौलिक हक भए पनि तराई–मधेसका जनताले अझै पनि शुद्ध खानेपानी नपाएको जनाउँदै तत्काल व्यवस्थापन गर्न माग गरे । सांसद प्रेमबहादुर महर्जनले पछिल्लो समय बालबालिका हराउनेक्रम बढेको तथ्याङ्क पेस गर्दै प्रभावकारी खोजतलासका लागि सरकारसँग आग्रह गरे ।

सांसद बद्री पाण्डेले लम्पी स्किन रोगका कारण हजारौ पशुचौपाया मरेको र किसान ठूलो मार्कामा परेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै यसको प्रभावकारी रोकथाम र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । सांसद बलराम अधिकारीले छाडा गाई गोरुका कारण सडक दुर्घटना बढेको र दुर्गन्ध फैलिएको बताउँदै यसको उचित व्यवस्थापनका लागि आग्रह गरे ।

सांसद वासुदेव घिमिरेले स्वच्छ वातावरण मौलिक हक भएपनि स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा विभिन्न कठिनाई हुने गरेको र यसमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने सुझाव दिए । सांसद विन्दबासिनी कंसाकारले सडक डिभिजन कार्यालय हेटौंडाले सो क्षेत्रमा पूर्व पश्चिम राजमार्गअन्तर्गत उचित मुआब्जा नदिइ जग्गा अधिग्रहण गरिएको जनाउँदै विकासका नाममा जनतालाई विस्थापित बनाउन नहुने धारणा व्यक्त गरिन् ।

सांसद विनिता कठायतले जुम्लामा बाढीले बगाउँदा स्थानीय पन्नकली बुढा बेपत्ता भएको जानकारी गराउँदै तत्काल बेपत्ताको खोजी  गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाली–१ मा रास्वपाको अग्रता

टीकापुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पछि पार्दै राष्ट्रिय स्व...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनले अग्रता बढाउँदै

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले...

दाङ–२ मा रास्वपाका विपिन आचार्यले २ हजार ४२४ मत ल्याउदा शंकर पोखरेलले ल्याए ५ सय ८३ मत

घोराही। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएको छन् । ...

सर्लाही-२ मा रास्वपाको अग्रता, राजेन्द्र महतो र महेन्द्र राय पछाडि

सर्लाही। सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिएको छन् । प्रारम्भिक मतपरिणाम अनुसार रास्...

सर्लाही–४ मा गगनभन्दा अमरेश अगाडि

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना सुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अग्रस्थानमा छन्। उनका न...

दोलखामा दिउँसो ३ बजेबाट मतगणना

दोलखा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन एक क्षेत्र रहेको दोलखामा दिउँसो ३ बजेबाट मत गणना सुरु हुने भएको छ ।  बिहान ११ बजे बसेको सर्वदल...

रास्वपाको जनलहरलाई बाबुराम भट्टराईले भने – सुशासन र समृद्धिको शान्त विद्रोह

काठमाडौं । बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न आम जनताले देखाएको शान्त व...

दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि

दाङ। प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ । सुरुवाती चरणदेखि अग्रता क...

मोरङका ५ क्षेत्रमा रास्वपाको अग्रता, ३ मा श्रम संस्कृति पार्टी अगाडि

विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्र...

चितवन-२ मा रवि लामिछाने ५ हजार बढि मतले अगाडि

चितवन। चितवन-२ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मत गणनाको क्रममा ठूलो अग्रता लिएका छन्। १६,२८३ मत गणना ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE