डुम्रे । तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो ।
गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिइन् । “किरा नास गर्न काम थालिसकेका छौँ”, उनले भनिन् । उनका अनुसार यस क्षेत्रको करिब २० रोपनी क्षेत्रफलको धानबालीमा खाद्यतत्व कमी देखिएको छ ।
गत वर्ष उक्त क्षेत्रमा समस्या देखिएपछि माटोको परीक्षण गरी किसानलाई परामर्श दिइएको थियो । समस्या समाधानका लागि विभिन्न उपाय कृषकलाई सिफारिस उपयोग गर्न आग्रह गरिएको शाखा प्रमुख घिमिरेले बताइन्। “गत वर्षको तुलनामा कम भएको छ, यस वर्ष पनि देखिएकाले समाधान समयमा गर्नेछौँ”, उनले भनिन् ।
खेतबारीमा धेरै झार, घाँस रहन नदिई सरसफाइ गरेर किराबाट बचाउन सुझाव दिइएको गाउँपालिकाले जनाएको छ । खाद्यतत्व कमी भएका खेतबारीमा कृषि प्राविधिकले सिफारिस गरेका परिमाणमा रासायनिक मल प्रयोग गरेमा यस्ता समस्या छिट्टै समाधान हुने उनको भनाइ छ । विगतका समस्या यस वर्षमा नदोहोरियोस भनेर अनुगमन र समाधानका उपाय अपनाउन कृषकलाई सुझाव दिइएको शाखाले जनाएको छ ।
गत वर्ष देखिएको मिली बग आफ्नो बालीको स्थितिको जानकारीका लागि समय समयमा अनुगमन र निरीक्षण गरी समाधानतर्फ लाग्न सुझाव दिइएको कृषि शाखा प्रमुख घिमिरेले बताइन् । उनका अनुसार मिलि बग रोग लागेका खेतीमा कम्तीमा हप्ताको एक पटक अनुगमन तथा निरीक्षण गर्नुपर्छ । किसानलाई धानबालीमा खाद्यतत्वको कमी हुन नदिनका लागि एनपिकेको फोलिएर स्प्रे (पानी मिसाएर छर्किने) गर्नुपर्ने सुझाव दिइएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले भने, “पानी नपर्दा देखिने किरा हो, पानी परिरहेकाले अब विस्तारै हराउँछ ।” केही दिन सुक्खा भएको अवस्थामा यो किरा देखिएकाले त्यस क्षेत्रका किसानलाई पोटास लगेर धानबालीमा छर्कन सुझाव दिइएको उनले बताए ।
म्याग्दे क्षेत्रमा यो समस्या देखा परे पनि अन्य स्थानमा यस्ता समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेतमा सुक्खापन देखिनासाथ किराको सङ्क्रमण देखिने भएकाले खेतमा पर्याप्त मात्रामा पानी र मल राख्नुपर्ने प्रमुख तिवारीले बताए । वर्षाले यस्तो समस्या आफैँ समाधान हुँदै जाने उनले जानकारी दिए। तनहुँमा आठ हजार तीन सय २० हेक्टर क्षेत्रफल जमिनमा धानखेती भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा कार्यालयले धान प्रवद्र्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेकोे थियो । चालु आवमा धानखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको तुलनामा रकम बढाएर रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: