तुलसीपुर । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ ।
पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ ।
अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्माले बताए ।
प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे बैठकले १२ जिल्लाका १०९ पालिकामा पार्टी सङ्गठन सुदृढ गर्ने, ९८३ वडामा पार्टी सङ्गठन सुदृढ एवं विस्तार गर्ने, पार्टी सदस्यलाई परिचालन गर्ने र जनतामा पुग्ने अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्य आफ्नो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने निर्णय भएको छ ।
त्यस्तै प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने, अभियानमा पार्टीका सबै संरचनालाई परिचालन गरी ‘घरघरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने छ ।
अभियानका लागि दाङको संयोजकमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्यूठानको संयोजकमा निर्मल आचार्य, रुकुमपूर्वको संयोजकत्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, गुल्मीमा जोखबहादुर महरा, अर्घाखाँचीमा वामदेब क्षेत्री, पाल्पामा कृष्णध्वज खड्कालाई जिम्मा दिइएको छ ।
त्यस्तै नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलबस्तुमा महेश्वर गहतराज, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णकुमारी सुवेदीलाई संयोजक तोकिएको छ । त्यस्तै जगप्रसाद शर्माको नेतृत्वमा अनुगमन तथा प्रशिक्षणको टिम निर्माण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: