नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन् । नजिकैको वनबाट सालको पात टिपेर फुसर्दका समयमा घरमा नै बसेर दुनाटपरीका लागि पात तयार गर्ने गरेका छन् ।
मध्यविन्दु –९ का बृद्ध गोरे कुमालले दुनाटपरी लगाएर जीविकोपार्जन गर्दै आएका छन् । उमेरले ७० काटिसकेका उनले भने “वनमा आफू जान सक्दिन, बुहारीहरुले ल्याएका पातबाट दुनाटपरी लगाएर यो उमेरमा आफूले सक्ने काम गर्दै आएको छु ।”
दुनाटपरीको आम्दानीबाट घरखर्च चलाउन सहज भएको उनले बताए । “आफूले जानेको सीपलाई घरमा नै बसेर पनि सदुपयोग गर्न सकिँदो रहेछ ,जाँगर र मन हुन पर्यो”उनले भने “वृद्ध उमेर भए पनि घरखर्च चलाउन छोरा बुहारीलाई गुहार्न परेन झन उनिहरुले कमाएको बचत हुन्छ, आफ्नो औषधिमुलो गर्न खर्च पुगेको छ ।”
यसरी तयार पारेको सामग्रीलाई व्यापारीले घरघरै लिन आउने हुँदा यहाँका स्थानीय यस कामलाई नै आम्दानीको स्रोत बनाएका छन् । यसबाट उनीहरुले आफ्नो घरका लागि आवश्यक सामानका खर्चसमेत टरेको स्थानीयवासी महिला अमृता मानन्धरले बताए । “घर नजिकै वन रहेकाले टाढा जानु पनि नपर्ने र घरको काम सकेर पनि यो काम गर्न सकिने भएकाले महिलालाई सहज भएको छ”उनले भने ।
यस टोलका महिला वन खुलेको समयमा जाने र पात टिप्ने गर्छन् । एक सय टपरीको एक मुठा हुन्छ । एक मुठाको रु एक सय ५० प्राप्त हुने स्थानीयवासीको भनाइ छ । सामुदायिक वनबाट पात टिपेरनै स्थानीयवासीलाई जीविकोपार्जन गर्न सहज भएपछि वनमा पात टिप्नका लागि छुट्टै समय छुट्याएको जनप्रतिभा सामुदायिक वनका अध्यक्ष लोकबहादुर कुमालले बताए । “वनको संरक्षणलाई पनि ध्यानमा राखेर सालको पात टिप्नका लागि दैनिक समय निर्धाराण गरेका छौँ” उनले भने ।
विभिन्न पूजा, विवाह, वर्तबन्धलगायतका शुभ कार्यमा शुद्ध मानिने भएकाले पनि सालको पातबाट बनेका टपरी, दुनाको माग बढ्दो छ । पातबाट निर्माण गरिएको दुनाटपरी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौँ, वुटबललगायतका सहरमा निर्यात हुने गरेका उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: