Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

बाढीको चिन्ता छैन कृष्णपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई

खबरडबली संवाददाता

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ नयाँ बस्तीका शिव दमाईलाई खोलामा बाढी आएका बेला जग्गा बगाउने चिन्ता हटेर गएको छ । खोलामा जैविक तटबन्ध निर्माणको कार्य गरिएपछि बाढीको पानीले जग्गा कटानी गर्न छाडेको छ ।

“बाँसको जैविक तटबन्ध निर्माण गर्दा यसले बाढीलाई रोक्न सक्छ र भनेर धेरैले कुरा काट्ने गरेका थिए”, उनले भने, “तटबन्ध निर्माण भएपछि खोलाले जग्गा बगाउन छाडेको छ, वर्षा भइरहेका बेला विगतमा मुटु ढुकढुक हुन्थ्यो, कुन बेला खोलाको बाढीले जग्गा बगाएर घरनै लग्ने भन्ने मनमा डर हुन्थ्यो ।” जैविक तटबन्ध निर्माणले त्यो सबै चिन्ता र डर हटेर गएको उनी सुनाउँछन् । कुरा काट्नेहरू अहिले जैविक तटबन्धले बाढीबाट गरेको सुरक्षा देखेर छक्क पर्ने गरेको उनी बताउँछन् । 

खोलाले जग्गा बगाउन सुरु गरे सबै जना मिलेर जैविक तटबन्ध निर्माण गर्नमा जुट्ने गरेको उनको भनाइ छ । बन्ड खोलामा नगरपालिका, मर्सिकोर र  निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशीलता मापन कार्यक्रमअन्र्तगत एक सय ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणले ५१ परिवारको जग्गा कटानी ९भू–क्षय० रोकिएको छ ।

तटबन्ध निर्माण गरिएको क्षेत्रमा स्थानीय बासिन्दाले घाँस र बाँसका बिरुवा रोपेका छन् । त्यसले गर्दा जग्गाको माटो बग्न पाउने गरेको छैन । खोलामा बाढीको पानी खतरा तह पार गरेपछि नेपालीले गाउँका बासिन्दालाई साइरन बजाएर सचेत पार्ने कार्य पनि गर्दै आएका छन् । “तटबन्ध निर्माण नहुँदा जग्गा कटानी हुने क्रम तीव्र थियो”, स्थानीय राजमती चौधरीले भनिन्, “बढी वर्षा भए घर छाडेर सुरक्षित स्थानमा जाने गरेका थियौँ, अहिले वर्षा जति भए पनि घरमै बस्ने गरेका छौँ ।” 

खल्लागोठका प्रताप धानुकले मछेली नदीमा बाढी आएको जानकारी सहजरूपमा पाउने गरेका छन् । गाउँमा पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदल गठन भएका छन् । कार्यदलमा सहभागी सदस्यलाई आवश्यक तालिम र सामग्रीको व्यवस्था गरिएको छ । चुरे क्षेत्रमा अधिक वर्षा हुँदा नदीको सतह बढ्न थालेको जानकारी पूर्वसूचना कार्यदलले उपलब्ध गराउने गरेको छ । नदीको बाढीको पानी बस्तीमा पस्न नपाउँदै गाउँका बासिन्दा सुरक्षित स्थानमा गएर बस्ने गरेको धानुक बताउँछन् ।

“कार्यदल गठन नहुँदा नदीको बाढीको पानी घरभित्र पस्न सुरु गरेपछि मात्रै जानकारी पाउने गरेका थियौँ”, उनले भने, “भू–क्षय हुने ठाउँमा जैविक र तारजालीको तटबन्ध निर्माण गरिएको छ, जसले जग्गा कटानी हुने क्रम रोकिएको छ, बाढी आउनुअगावै जानकारी पाइने भएकाले कुनै चिन्ता छैन ।” नदीजन्य पदार्थको जथाभावीरूपमा हुने उत्खनन रोक्न सके बाढीजन्य प्रकोपबाट सहजरूपमा जोगिन सकिने स्थानीय जीतबहादुर महरा बताउँछन् ।
 
“बाढीजन्य विपद्बारे जानकारी नपाउँदा पहिला निकै कष्ट सह्यौँ”, स्थानीय किष्ना साउदले भनिन्, “अहिले विपद्को सामना गर्न गठन गरिएको कार्यदलमा आबद्ध भएपछि गाउँका बासिन्दालाई सुरक्षित गर्न सकेका छौँ ।” गाउँका बासिन्दालाई बाढीजन्य विपद् आएका बेला आकस्मिक समस्या आए विपद् कोषबाट रकम झिकेर सहयोग गरिँदै आएको उनले बताइन् । उनका अनुसार विपद् कोषमा रु ५० हजार रकम जम्मा गरिएको छ । 

पुरानो बस्ती खल्लागोठमा मछेली नदीको पानी पस्न नदिन र जग्गा कटान रोक्न नगरपालिकाबाट रु पाँच लाख र निड्सको रु पाँच लाखको साझेदारीमा तटबन्ध निर्माण गरी बस्तीलाई सुरक्षित पारिएको वडाध्यक्ष अर्जुनबहादुर साउद बताउँछन् ।

“अठन्नीफाँटा, नयाँ बस्तीलगायतका क्षेत्रमा साझेदारीमा भू–क्षय रोक्नका लागि तटबन्ध निर्माणकार्य अगाडि बढाएका छौँ”, उनले भने, “केही ठाउँमा प्रदेशबाट तटबन्धका योजना ल्याई कार्यान्वयन गरेका छौँ ।” नदी, खोलाको पानी खतरा तह पार गरेको सूचना पाएपछि अग्रस्थानमा रहेर स्थानीय समुदायलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लाग्ने गरेको उनी सुनाउँछन् ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बाढीजन्य विपद्को सामना गर्नका लागि कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा विपद् प्रतिकार्यका योजना निर्माण गरेसँगै समुदायस्तरमा कार्यदल गठन गर्ने, तालिम दिने, समुदायलाई विपद्बारे सचेत पार्ने, विपद् कोष स्थापना गर्ने र आयआर्जनका कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

निड्सका कार्यक्रम संयोजक नवीन भण्डारीका अनुसार सन् २०२२ देखि कृष्णपुरका खल्लागोठ, नयाँ बस्ती र अठन्निफाँटामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमबाट एक सय ७३ घरधुरी लाभान्वित भएका छन् । यसैगरी दोधारा चाँदनीका वडा नं ३ को पट्टरखल्ला, ७ को कञ्जभोज र १० को कुतियावरमा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रमबाट तीनवटै वडाका एक सय ३५ परिवार लाभान्वित भएका छन् ।

कार्यक्रम सञ्चालन भएका समुदायमा सन् २०२२ मा विपद् कोषका लागि प्रतिसमुदाय रु २० हजार रकम प्रदान गरिएको छ । चार समुदायलाई खोज तथा उद्धार सामग्री वितरण र कुतियाकवरमा डुङ्गा निर्माण गरी हस्तान्तरण गरिएको छ । दुवै नगरपालिकालाई सिडिएमसी गठन तथा परिचालन कार्यविधिको मस्यौदा तयार गरी सहयोग गरिएको छ ।

कुतियाकवरमा दोधारा चाँदनी नगरपालिका र निड्सको साझेदारीमा दुईतले सुरक्षित आवास भवन निर्माणको कार्य अगाडि बढाइएको छ । कृष्णपुरका तीन समुदायमा तीन सय १४ मिटर र कुतियाकवरमा दुई सय ५० मिटर बायोइन्जिनियरिङ पर्खाल निर्माण गरिएको छ । 

हाल ९सन् २०२३० मा हरेक समुदायको विपद् कोषलाई रु ३० हजारका दरले रकम प्रदान गरिएको कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए । “दोधारा चाँदनीको पट्टरखल्ला जाने बाटोमा ह्युमपाइप राख्ने कार्य गरेका छौँ”, उनले भने, “यस कार्यले सडक यातायातको कार्यलाई निर्वाध सञ्चालनमा सहयोग गरेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE