Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मदन भण्डारी राजमार्गमा ९४ पुल निर्माण सम्पन्न

खबरडबली संवाददाता

सिन्धुली  । राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भएका हुन् । 

पूर्वी खण्ड अन्तर्गत कटारी नजिकै ठप्पर खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको र कमलामाई नगरपालिका–६ स्थित ग्वाङखोला पुल विवादका कारण निर्माण सुरु हुन नसकेको आयोजनाले जनाएको छ  । राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १३५ किलोमिटर लम्बाइ सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ । 

उक्त राजमार्ग निर्माणको जिम्मा पूर्वी खण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभी र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, रकेन जेभीले लिएको छ । पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा कालोपत्रे गरिएको आयोजनाले जनाएको छ । 

पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर प्रभातकिरण राईले पूर्वी खण्डमा रहेका ५६ वटा पक्की पुलमध्ये ५५ वटाको निर्माण सम्पन्न भइसकेको जानकारी दिए । ६५ मिटर लम्बाइ रहेको ठप्पर खोलाको पुलको काम पनि ५० प्रतिशतभन्दा बढी नै भइसकेको उनको भनाइ छ । पहुँच मार्गसमेत निर्माण गर्नुपर्ने भएकाले आगामी मङ्सिरसम्म उक्त पुल निर्माण सकिने र यो खण्डमा चार वटा पुलको दायाँबायाँ पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको उनले बताए । निर्माण सम्पन्न भई पुलबाट यातायात सञ्चालन भइरहेको सूचना अधिकारी राईको भनाइ छ  । पुलको काम सकिएपछि भिमानदेखि बसाहासम्मको १३५ किलोमिटर सडक निर्माण सम्पन्न हुने उनले बताए ।

त्यस्तै पश्चिम खण्डका इन्जिनियर रमेश पाण्डेका अनुसार उक्त खण्डमा रहेका ४० वटा पुलमध्ये ३९ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पश्चिम खण्डमा नै पर्ने ग्वाङखोला पुल विवादका कारण लाइन दिन नसक्दा ठेक्का लागेर पनि काम हुन सक्दा फिर्ता गएको छ । जेडआई इसी अनक लुम्बिनी जेभी निर्माण कम्पनीले ठेक्का लिएको ३३ वटा पुलमध्ये त्यही ग्वाङखोला पुल मात्रै विवादका कारण काम हुन नसकेको हो ।

राजमार्ग निर्माणको सुरुदेखि नै सडक मापदण्डको विषयलाई लिएर विवाद हुँदा पश्चिम खण्डमा पर्ने जिल्ला सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा छ किलोमिटर सडक निर्माण हुन सकेको थिएन । दायाँबायाँ गरी ११ मिटरभित्र सम्पूर्ण संरचना बन्ने गरी सहमति भएपछि छ किलोमिटरमध्ये पाँच किलोमिटर सडक अन्तिम चरणमा पुगको छ । बाँकी एक किलोमिटरमा ठाउँठाउँमा स्थानीयको अवरोधले निर्माणमा केही ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पूर्वी र पश्चिम खण्डमा पुलबाहेक बाँकी सबै काम सम्पन्न भइसकेको छ । 

२०७३ साल कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त राजमार्ग २०७७ साल कात्तिक महिनासम्म सक्ने लक्ष्य थियो । बिचमा कोरोना महामारीका कारण निर्माणमा ढिलाइ भएपछि २०७९ साल असारसम्म सक्ने गरी आयोजनाको डेढ वर्ष म्याद थप भएको थियो । दोस्रो कोरोना महामारीमा समेत काम हुन नसकेपछि अरू छ महिना म्याद थप भएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending