सिन्धुली । राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भएका हुन् ।
पूर्वी खण्ड अन्तर्गत कटारी नजिकै ठप्पर खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको र कमलामाई नगरपालिका–६ स्थित ग्वाङखोला पुल विवादका कारण निर्माण सुरु हुन नसकेको आयोजनाले जनाएको छ । राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १३५ किलोमिटर लम्बाइ सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ ।
उक्त राजमार्ग निर्माणको जिम्मा पूर्वी खण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभी र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, रकेन जेभीले लिएको छ । पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा कालोपत्रे गरिएको आयोजनाले जनाएको छ ।
पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर प्रभातकिरण राईले पूर्वी खण्डमा रहेका ५६ वटा पक्की पुलमध्ये ५५ वटाको निर्माण सम्पन्न भइसकेको जानकारी दिए । ६५ मिटर लम्बाइ रहेको ठप्पर खोलाको पुलको काम पनि ५० प्रतिशतभन्दा बढी नै भइसकेको उनको भनाइ छ । पहुँच मार्गसमेत निर्माण गर्नुपर्ने भएकाले आगामी मङ्सिरसम्म उक्त पुल निर्माण सकिने र यो खण्डमा चार वटा पुलको दायाँबायाँ पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको उनले बताए । निर्माण सम्पन्न भई पुलबाट यातायात सञ्चालन भइरहेको सूचना अधिकारी राईको भनाइ छ । पुलको काम सकिएपछि भिमानदेखि बसाहासम्मको १३५ किलोमिटर सडक निर्माण सम्पन्न हुने उनले बताए ।
त्यस्तै पश्चिम खण्डका इन्जिनियर रमेश पाण्डेका अनुसार उक्त खण्डमा रहेका ४० वटा पुलमध्ये ३९ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पश्चिम खण्डमा नै पर्ने ग्वाङखोला पुल विवादका कारण लाइन दिन नसक्दा ठेक्का लागेर पनि काम हुन सक्दा फिर्ता गएको छ । जेडआई इसी अनक लुम्बिनी जेभी निर्माण कम्पनीले ठेक्का लिएको ३३ वटा पुलमध्ये त्यही ग्वाङखोला पुल मात्रै विवादका कारण काम हुन नसकेको हो ।
राजमार्ग निर्माणको सुरुदेखि नै सडक मापदण्डको विषयलाई लिएर विवाद हुँदा पश्चिम खण्डमा पर्ने जिल्ला सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा छ किलोमिटर सडक निर्माण हुन सकेको थिएन । दायाँबायाँ गरी ११ मिटरभित्र सम्पूर्ण संरचना बन्ने गरी सहमति भएपछि छ किलोमिटरमध्ये पाँच किलोमिटर सडक अन्तिम चरणमा पुगको छ । बाँकी एक किलोमिटरमा ठाउँठाउँमा स्थानीयको अवरोधले निर्माणमा केही ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पूर्वी र पश्चिम खण्डमा पुलबाहेक बाँकी सबै काम सम्पन्न भइसकेको छ ।
२०७३ साल कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त राजमार्ग २०७७ साल कात्तिक महिनासम्म सक्ने लक्ष्य थियो । बिचमा कोरोना महामारीका कारण निर्माणमा ढिलाइ भएपछि २०७९ साल असारसम्म सक्ने गरी आयोजनाको डेढ वर्ष म्याद थप भएको थियो । दोस्रो कोरोना महामारीमा समेत काम हुन नसकेपछि अरू छ महिना म्याद थप भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...
फाल्गुन २७ गते, २०८२ - १९:०५
सिराहा । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएक...
फाल्गुन २७ गते, २०८२ - १९:००
काठमाडौं । नेपाल प्रहरी ले फेक ‘रेस्क्यु’ प्रकरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोलुखुम्बुको सोल...
फाल्गुन २७ गते, २०८२ - १८:५७
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति र वितरणबारे बजारमा विभिन्न हल्ला फैलिन थालेपछि नेपाल आयल निगम ले प्रेस विज्ञप्ति जारी गर्दै वास्तवि...
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...



प्रतिकृया लेख्नुहोस्: