काटमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाको मृत्यु भएकाे छ । मुगु, सिरहा,नुवाकोट र महोत्तरीमा भएका दुर्घटनामा आठजनाकाे मृत्यु भएकाे हाे ।
मुगुकाे सोरू गाउँपालिका-७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने २२ वर्षीय राम परियार, सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बोहोरा, २० वर्षीय राम परियार, २२ वर्षीय पिउस परियार र मुगु सोरू गाउँपालिका-५ बस्ने ३७ वर्षीय लोकजंग नेपाली रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी सिरहाकाे भगवानपुर गाउँपालिका-२ डोमराहा टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया देवकी देवी यादवको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर हुँदै प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै नुवाकोटकाे बिदुर नगरपालिका-५ तल्लो पिपलटारस्थित सडकमा बा.९१ प ६६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय कबिन कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
महोत्तरीकाे पिपरा गाउँपालिका-३ स्थित सडकमा प्रदेश २-०२-००४ प ४९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक महोत्तरी गाउँपालिका-३ मडई बस्ने ३५ वर्षीय श्रवण कुमार भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १९:०५
सिराहा । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएक...
फाल्गुन २७ गते, २०८२ - १९:००
काठमाडौं । नेपाल प्रहरी ले फेक ‘रेस्क्यु’ प्रकरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोलुखुम्बुको सोल...
फाल्गुन २७ गते, २०८२ - १८:५७
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति र वितरणबारे बजारमा विभिन्न हल्ला फैलिन थालेपछि नेपाल आयल निगम ले प्रेस विज्ञप्ति जारी गर्दै वास्तवि...
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...



प्रतिकृया लेख्नुहोस्: