Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइ सम्मानित

खबरडबली संवाददाता

काठमाडौं। संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइलाई सरकारले सम्मान गरेको छ ।  मङ्गलवार काठमाडौंमा एक कार्यक्रमका बीच सरकारले संखुवासभाका सफल आरोही दाजुभाइ मुक्त शेर्पा, निङ्मा दोर्ची शेर्पा,पेचुम्बे शेर्पा र आङदावा शेर्पालाई कदर पत्र र खादा ओढाएर सम्मान गरेको हो ।

उनीहरू चारै जनाले गत जुलाई २७ मा आठ हजार ६ सय ११ मिटर उचाइको माउन्ट कुटेको सफल आरोहण गरेर नेपालबाट मात्र होइन विश्वमै एकै परिवारका चार जनाले पहिलो पटक आरोहण गरेको कीर्तिमा नबनाएका थिए ।नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीले कीर्तिमानी आरोही चार दाजुभाइलाई नेपाल र नेपालीको नामलाई विश्वसामु पुन चिनाएको भन्दै प्रशंसा सहित बधाई दिए । उनले भने, ‘एकै घरपरिवारको चार जना दाजुभाइ संसारको दोस्रो अग्लो अप्ठ्यारो हिमाल पनि भन्छन् (माउन्ट केटु) त्यो चढेर आउनुभयो । तपाईँहरूले यो देशको इज्जत फेरि राखिदिनुभयो । संसारमा फेरि नेपाललाई चिनाइदिनु रब्युँझाइदिनु भएको छ, तपाईँहरूले लाई धेरै धेरै धन्यवाद र बधाई ।’

कार्यक्रममा आरोहीको प्रतिनिधिको रूपमा बोलेका आङदावा शेर्पाले हिमाल आरोहण पछि नेपाल आउँदा सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरे । तर, उनले आज राज्यले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।‘हामीले जतिखेर यो विश्व रेकर्ड बनाएर एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात जनाएका थियौँ । हामी सात जना विमानस्थलबाट बाहिर निस्किदा विश्वको यो नै पहिलो रेकर्ड रहेछ । एकै देशको सात जनाले एकै पटक आरोहण गरेर विश्व रेकर्ड बनाएको पहिलो रहेछ । सातै जना वर्ल्ड रेकर्ड बनाएर विमानस्थलबाट बाहिर आउँदा खेरि सरकारको कोही पनि देखा परेनन् । यो सरकारको कमजोरी भन्नुपर्ला ।आज खुसी लागेको छ,’आङदावाले भने।

प्रत्युत्तरमा मन्त्री किराँतीले आफू आरोहीलाई विमानस्थलमा विशेष कारणले जान नसकेको भन्दै आरोहीले दिएको सुझावलाई ग्रहण गरेको र कानुन बनाएरै त्यसलाई सम्बोधन गर्न लागेको आश्वासन दिए ।

‘यस्तो खालको कीर्तिमानी गर्ने आरोहीहरूलाई राज्यको तर्फबाट हामी के गर्न सक्छौ छलफल गर्दै छौँ । यो सम्मान गर्ने विषयलाई कानुनमै व्यवस्थित गर्न पाए म भइन्जेल गर्ने अनि अर्को आएपछि नगर्ने हुन्छ । कानुनमै व्यवस्था गर्दिए पछि त जो आए पनि गर्न पर्ने हुन्छ । त्यस कारण कानुनबाट नै यो कुरा स्थापित गर्दिन पाए राम्रो हुन्थ्यो भनेर हामी लागेका छौ,’ किराँतीले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिराहामा बम विस्फोट हुँदा एक जना घाइते

सिराहा  । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएक...

फेक ‘रेस्क्यु’ प्रकरणमा पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरी ले फेक ‘रेस्क्यु’ प्रकरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोलुखुम्बुको सोल...

आयल निगमको स्पष्टीकरण पेट्रोलियम आपूर्तिः अभाव होइन हल्ला मात्रै

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति र वितरणबारे बजारमा विभिन्न हल्ला फैलिन थालेपछि नेपाल आयल निगम ले प्रेस विज्ञप्ति जारी गर्दै वास्तवि...

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE