Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइ सम्मानित

खबरडबली संवाददाता

काठमाडौं। संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइलाई सरकारले सम्मान गरेको छ ।  मङ्गलवार काठमाडौंमा एक कार्यक्रमका बीच सरकारले संखुवासभाका सफल आरोही दाजुभाइ मुक्त शेर्पा, निङ्मा दोर्ची शेर्पा,पेचुम्बे शेर्पा र आङदावा शेर्पालाई कदर पत्र र खादा ओढाएर सम्मान गरेको हो ।

उनीहरू चारै जनाले गत जुलाई २७ मा आठ हजार ६ सय ११ मिटर उचाइको माउन्ट कुटेको सफल आरोहण गरेर नेपालबाट मात्र होइन विश्वमै एकै परिवारका चार जनाले पहिलो पटक आरोहण गरेको कीर्तिमा नबनाएका थिए ।नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीले कीर्तिमानी आरोही चार दाजुभाइलाई नेपाल र नेपालीको नामलाई विश्वसामु पुन चिनाएको भन्दै प्रशंसा सहित बधाई दिए । उनले भने, ‘एकै घरपरिवारको चार जना दाजुभाइ संसारको दोस्रो अग्लो अप्ठ्यारो हिमाल पनि भन्छन् (माउन्ट केटु) त्यो चढेर आउनुभयो । तपाईँहरूले यो देशको इज्जत फेरि राखिदिनुभयो । संसारमा फेरि नेपाललाई चिनाइदिनु रब्युँझाइदिनु भएको छ, तपाईँहरूले लाई धेरै धेरै धन्यवाद र बधाई ।’

कार्यक्रममा आरोहीको प्रतिनिधिको रूपमा बोलेका आङदावा शेर्पाले हिमाल आरोहण पछि नेपाल आउँदा सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरे । तर, उनले आज राज्यले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।‘हामीले जतिखेर यो विश्व रेकर्ड बनाएर एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात जनाएका थियौँ । हामी सात जना विमानस्थलबाट बाहिर निस्किदा विश्वको यो नै पहिलो रेकर्ड रहेछ । एकै देशको सात जनाले एकै पटक आरोहण गरेर विश्व रेकर्ड बनाएको पहिलो रहेछ । सातै जना वर्ल्ड रेकर्ड बनाएर विमानस्थलबाट बाहिर आउँदा खेरि सरकारको कोही पनि देखा परेनन् । यो सरकारको कमजोरी भन्नुपर्ला ।आज खुसी लागेको छ,’आङदावाले भने।

प्रत्युत्तरमा मन्त्री किराँतीले आफू आरोहीलाई विमानस्थलमा विशेष कारणले जान नसकेको भन्दै आरोहीले दिएको सुझावलाई ग्रहण गरेको र कानुन बनाएरै त्यसलाई सम्बोधन गर्न लागेको आश्वासन दिए ।

‘यस्तो खालको कीर्तिमानी गर्ने आरोहीहरूलाई राज्यको तर्फबाट हामी के गर्न सक्छौ छलफल गर्दै छौँ । यो सम्मान गर्ने विषयलाई कानुनमै व्यवस्थित गर्न पाए म भइन्जेल गर्ने अनि अर्को आएपछि नगर्ने हुन्छ । कानुनमै व्यवस्था गर्दिए पछि त जो आए पनि गर्न पर्ने हुन्छ । त्यस कारण कानुनबाट नै यो कुरा स्थापित गर्दिन पाए राम्रो हुन्थ्यो भनेर हामी लागेका छौ,’ किराँतीले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending