Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

आइतबारदेखि एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्छु : मन्त्री किराती

खबरडबली संवाददाता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् ।  भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । 

सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ एवं जानकारहरुले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् । 

पर्यटन मन्त्रालयले पनि विभिन्न समयमा पर्यटन ऐनको मस्यौदा तयार गरेर चरणबद्ध छलफल गर्दै आएको थियो । पर्यटनमन्त्री किरातीले विज्ञ सरोकारवालाको राय सुझाव लिएर पर्यटन ऐन बनाईने उल्लेख गरे । उनले भने, “पर्यटन क्षेत्रको समयसापेक्ष विकासका लागि पर्यटन ऐन बनाउँदैछौँ, आइतबारदेखि एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्छु ।”

पर्यटनमन्त्री किरातीले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने बताए । उनले प्राकृतिक र सांस्कृतिक रुपमा समृद्ध रहेको भोजपुरको इतिहास र समग्र विकासलाई केन्द्रविन्दुमा राखेर विकासको ढाँचा बनाइनुपर्ने तथा त्यसलाई देश विकासको नयाँ ढाँचाको रुपमा स्थापित गर्नसकिने दाबी गरे । भोजपुरको टक्सारको संरक्षण, सांस्कृतिक गाउँ, सङ्ग्रहालयको अवधारणा अघि सारिएको र यसका लागि सबैको सहयोग तथा सहकार्य चाहिने उनको भनाइ थियो । 

कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाले गौरवशाली इतिहास बोकेको अथाह सम्भावनायुक्त भोजपुरको भविष्य राम्रो रहेको उल्लेख गरे । भौतिक प्रगतिका हिसाबले केही पछि परे पनि शैक्षिक उन्नयनमा भोजपुर अग्र स्थानमा रहेको उनले उल्लेख गरे । शिक्षा, पर्यटन, कृषि, खेलकुद आदि क्षेत्रमा भोजपुर देशकै नमूना जिल्ला बन्न सक्ने भएकाले सबै सरोकारवालाले जिल्लाको विकासमा ध्यान दिनुपर्ने कोइरालाले खाँचो औँल्याए ।

पूर्वमन्त्री हेमराज राईले भोजपुरको सम्भावनालाई विकास र समृद्धिमसित जोड्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिए । पूर्वमन्त्री टङ्क ढकालले भोजपुरको समग्र विकासका लागि रणनीतिक ढङ्गले लाग्नुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले भोजपुरको इतिहासलाई केन्द्रमा राखेर विकासमा सबै सरोकारवालाले ध्यान दिन जरुरी भएको बताए । नेकपा (माओवादी केन्द्र) भोजपुरका संयोजक नगेन्द्र भुजेल, नेकपा (एमाले) का केन्द्रीय सदस्य परशुराम अधिकारीलगायतले भोजपुरको विकासका लागि सबै सक्रिय ढङ्गले जुट्नुपर्ने औँल्याए ।

दावाली मिलन केन्द्रका अध्यक्ष रोशन श्रेष्ठले भोजपुरको विकासका लागि काठमाडौँमा सरकारी सेवा, पेशा, व्यवसायमा रहेका सबैले पहल गर्नुपर्ने धारणा राखे । भोजपुर पौवादुङ्मा सेवा समाज काठमाडौँका अध्यक्ष सीताराम कार्कीले भोजपुरको समग्र विकास र हितका लागि काठमाडौँमा बस्ने राजनीतिक दलका नेता, विभिन्न पेशा व्यवसायमा आबद्धले के–कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस लुम्बिनी प्रदेशले पठायो उम्मेदवारको सूची

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending