Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

खबरडबली संवाददाता

पाल्पा । गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन् । 

बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दु:ख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्छन् । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उनी स्थानीय सरकार नै जनताको सरकार भएको बताउछन् ।

“उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ”, उनले भने, “ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन ।”

उनी बिरामी भएका बखत पनि धेरै पटक स्वास्थ्य संस्थामा आउने जाने समस्याले उपचार नगरिकन बसे । बुढ्यौली लागेको शरीर, त्यसैमाथि बिरामी परेपछि हिँडेर स्वास्थ्य संस्थामा जाने तागत नहुँदा धेरै पटक घरमै तातोपानीको भरमा बस्नुपरेको अनुभव सुनाए । हिजोआज गाउँमै नि:शुल्क स्वास्थ्योपचार, औषधि सेवा पाउँदा दम, खोकी, रिङ्गटा लाग्नेजस्ता रोगबाट लडेर बस्नु नपरेको उनी बताउछन्।

वर्षायामका बेला ग्रामीण सडक ठाउँ–ठाउँमा बन्द हुँदा घण्टौँ समय लगाएर हिँडेर सम्बन्धित कार्यालयमा पुगेर सेवा लिन अप्ठ्यारो परेकाले गाउँबाटै सबै सेवा पाउँदा ७० वर्षीया मनकुमारी विक खुसी छिन् । “हामी पढाइलेखाइ नभएका ज्येष्ठ नागरिकलाई कति बेला भत्ता बुझ्ने कागजपत्र नवीकरण गर्ने केही थाहा हुँदैन, वडा कार्यालयबाट समय भएपछि आफैँ बुझेर आएर सबै काम गरिदिनुभएको छ, भक्ता बुझ्ने समय मात्रै बैंकमा जाने गरिएको छ, स्वास्थ्य जाँच गरेर औषधि ल्याएर नियमित सेवन गर्न थालिएको छ”, उनी भन्छिन् । 
       
गाउँमा बेला–बेलामा स्वास्थ्य परीक्षण, औषधि वितरण हुने भएपछि टाउको दुखेका, ज्वरो आएको, रुघाखोकी, दम, झाडापखला, सुगर, प्रेसरजस्ता रोग नियमित परीक्षण गराउन थालेको मनकुमारीले बताइन् । ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा गाउँगाउँमा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गराउने, आफ्ना समस्या स्वास्थ्यकर्मीसमक्ष राख्ने, नियमित औषधि सेवन गर्न थालेका छन् । यस कार्यले ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्यप्रति पहिलाभन्दा धेरै सहज हुन थालेका छन् । 

ज्येष्ठ नागरिक शारीरिकरुपमा अशक्त हुन्छन्, ढल्कँदो उमेरमा गाउँमै पुगेर सेवा दिनु स्थानीय सरकारको दायित्व भएकाले सोहीअनुसार दुर्गम, विकट, अपायक पर्ने स्थानमा पुगेर विविध सेवा दिने गरेको रामपुर–२ का वडाध्यक्ष कृष्णबहादुर दर्जी बताउछन् ।

स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायतका सेवा लिन वडाकै स्वास्थ्य संस्था तथा वडा कार्यालयमा आवतजावत गर्न सहज छैन । उमेरले बुढ्यौलीमा टेकेका ज्येष्ठ नागरिकलाई वर्षायामका बेला गाउँका कच्ची सडक भत्कने, पहिरो खस्ने समस्याले यात्रा गर्न कठिन छ । यस परिवेशमा कार्यालयले दुर्गम, विकट ठाउँमा गाउँघरमा नै पुगेर सेवा दिन थालेपछि ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायतका विभिन्न सेवा लिन सम्बन्धित संस्थामा घण्टौँ समय खर्चेर जानु नपरेको रामपुर २ का वडा सचिव वासुदेव ढकालले बताइन् ।

रामपुर नगरपालिकाले वडाभित्रका दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकलाई गाउँमै पुगेर सेवा दिन थालेपछि धेरै सजिलो भएको छ । सम्बन्धित वडाका कर्मचारी, जनप्रतिनिधिले समय समयमा नै वडा कार्यालय तथा नगरपालिका कार्यालयको पहुँचमा नभएका, आउनजान निकै झमेला गर्नुपर्ने, सडक सहज नभएका ठाउँमा घरदैलो सेवा दिने गरेको नगर प्रमुख रमणबहादुर थापा बताउछन् ।

दुर्गम भेगमा परेका बस्ती, टोलमा बेला–बेलामा घुम्ती शिविर आयोजना गरेर ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, अपाङ्गता परिचय नयाँ दर्ता तथा नवीकरण, कृषि तथा पशु स्वास्थ्य शिविरलगायतका विभिन्न सेवा प्रवाह भइरहेको नगर प्रमुख थापाले बताए । घुम्ती शिविरले अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता, बालबालिकालगायतका व्यक्तिलाई धेरै सहज बनाएको छ । 

रामपुर नगरपालिकाको कार्यालय, वडा कार्यालयमा एक दिनको समय बिताएर सेवा लिन बाध्य नागरिकलाई गाउँ–गाउँमा हुने घुम्ती सेवा शिविरले धेरै राहत पुर्याएको छ । गाउँमै सेवा पाइने भएपछि समय बचत, सम्बन्धित कार्यालयमा सेवा लिन आवतजावत गर्दा यातायात खर्चलगायतका विभिन्न समस्या बेहोर्नु नपरेपछि स्थानीयले घुम्ती सेवा शिविरमार्फत धेरै लाभ लिन पाउने छन् । घुम्ती सेवा शिविरमा स्थानीयको आकर्षण बढ्दो छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा स्वास्थ्यकर्मी अधिकारी पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...

अब नयाँ रणनीतिबाट झापाको हात्ती आतंक रोकिन्छ : गृहमन्त्री गुरुङ

झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र र सदरमुकाम जोड्ने सडक दुई लेन बनाइने: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन: मौसमविद्

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।    विभागका वरिष्ठ मौसमविद् म...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा रोशन पोखरेल पुर्पक्षका लागि थुनामा

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...

प्रधानमन्त्री शाहको एडीबी अध्यक्ष कान्दासँग भेट, १६५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

निर्वाचन कानुन नबने आगामी निर्वाचन थप जोखिममा पर्न सक्ने भण्डारीको चेतावनी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।  बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending