काठमाडौँ । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।
गएको आर्थिक वर्ष २०७९/८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फस्र्यौट भएको छ भने २३ हजार बढी मुद्दा फरस्यौंट हुन बाँकी छ । त्यसको अघिल्लो आव २०७८/७९ मा भने ४६ हजार नौ सय दुई वटा घटना दर्ता भएका थिए ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले घटना उजुरी दर्ताका हिसाबले अघिल्लो आवभन्दा गएको आवमा बढेको बताए । उनका अनुसार सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १६ हजार बढी घटना दर्ता भएको छ । त्यसपछि मधेस प्रदशेमा नौ हजार बढी र कोशी प्रदेशमा आठ हजार बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार सिआइबीमा ४३, काठमाडौँ उपत्यकामा १६ हजार छ सय २७, कोशी प्रदेशमा आठ हजार सात सय २०, मधेस प्रदेशमा नौ हजार आठ सय ४४, बागमती प्रदेशमा चार हजार छ सय ७९, गण्डकी प्रदेशमा चार हजार एक सय ७७, लुम्बिनी प्रदेशमा छ हजार नौ सय ९७, कर्णाली प्रदेशमा एक हजार सात सय २९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय तीन उजुरी दर्ता भएको छ ।
प्रवक्ता कडायतले भने, “अन्य घटना खास त्यसरी बढेका छैनन्, जघन्य अपराध पनि बढेको छैन, त्यही बैंकिङ कसुर, साइबरजन्य अपराध भने बढेको छ ।” पैसा नभएको बैंकका चेक दिएको उजुरी परेको सङ्ख्या ह्वात्तै बढेको उनले बताए । प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार एक सय ३५ घटना दर्ता भएको छ । यस्तै ज्यानसम्बन्धीका कसुर नै आठ हजार बढीको भएको छ । झन्डै सात हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना नै तीन हजार छ सयभन्दा बढी भएको छ भने छ हजार बढी सङ्गठित तथा आर्थिक अपराधका छन् ।
त्यसैगरी ११ हजार बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी चार हजार बढी अपराध भएको तथा सवारीसम्बन्धी दुई हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १४:३६
रुकुमपश्चिम। जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान...
फाल्गुन २१ गते, २०८२ - १४:२९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...
फाल्गुन २१ गते, २०८२ - १४:२३
बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...
फाल्गुन २१ गते, २०८२ - १४:१५
काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै ...
फाल्गुन २१ गते, २०८२ - १४:०९
दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको...
फाल्गुन २१ गते, २०८२ - १४:०४
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्योति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुन: सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको ह...
फाल्गुन २१ गते, २०८२ - १४:०१
कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९।६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हज...
फाल्गुन २१ गते, २०८२ - १३:४९
बागलुङ। जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए । कारागारमा १ सय ४५ पुरुष र १...
फाल्गुन २१ गते, २०८२ - १३:३९
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपत्र हराउने र विवाद बढेपछि मतदान अझै सुरु हुन सकेको छैन। मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप भएको थ...
फाल्गुन २१ गते, २०८२ - १३:३५
बाजुरा। बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार म...



प्रतिकृया लेख्नुहोस्: