Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

राष्ट्रसंघ सुरक्षा परिषदद्वारा नाइजर सैन्य विद्रोहको निन्दा, राष्ट्रपति बाजुमलाई नि:शर्त रिहा गर्न आह्वान

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई नि:शर्त रिहा गर्न आह्वान गरेको छ ।  परिषद्का सदस्य राष्ट्रको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उनको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिएको छ ।

असंवैधानिक ढङ्गले भएको सरकार परिवर्तनको नकारात्मक प्रभावले आतङ्ककारी गतिविधिमा वृद्धिका साथै बिग्रको सामाजिक आर्थिक अवस्थाप्रति  बैठकले चिन्ता व्यक्त गरेको छ ।  बैठकले संवैधानिक व्यवस्थाको पुनर्स्थापनामा जोड दिँदै अफ्रिकी देशको आर्थिक समुदाय, अफ्रिकी सङ्घ र संयुक्त राष्ट्रसङ्घ द्वारा गरिएका प्रयासप्रति समर्थन जनाएको छ । परिषद्का सदस्य राष्ट्रले नाइजरका जनताप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको सुरक्षा र समृद्धिको कामना गरेका छन् ।  

नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । 

यसैबीच, फ्रान्सेली विदेशमन्त्रीले सैनिक घेरामा राष्ट्रपति निवासमा रहेका राष्ट्रपति बाजुमसँग राष्ट्रपति इम्यानुएल म्याक्रोँले टेलिफोन वार्ता गरेको जानकारी दिँदै बन्दी बनाइएका राष्ट्रपति स्वस्थ रहेको बताएका छन् । “नाइजरक राष्ट्रपतिसँग सम्पर्क कायम गर्न सकिन्छ, उहाँ अगम्य हुनुहुन्न,” उनले भनेका छन् । 

अफ्रिकी तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

सैनिक घेरामा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले  प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका बताएका हुन् । उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता पनि व्यक्त गरेका हुन् ।

नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गरेका छन् ।ण्

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

कांग्रेसलाई १० वर्षमा “छिया–छिया” पारियो, अब पार्टी बनाउने अभियान अघि बढाउँछौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई गम्भीर रूपमा कमजोर बनाइएको टिप्पणी गरेका छन्। झापामा आयोजित...

कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न ५ दिनको समय, सुकुम्बासीलाई प्रति परिवार २५ हजार रुपैयाँ दिने निर्णय

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जार...

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...

सार्वजनिक यातायातमा प्रविधिको माध्यमबाट निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...

रास्वपा महाधिवेशन: मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending