Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

काभ्रे अदालत : लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

खबरडबली संवाददाता

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा मुद्दा फछ्र्यौटको लक्ष्य पूरा गरेको छ । बितेको आवमा दुई हजार तीन सय १३  मुद्दा फछ्र्यौटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फछ्र्यौट गरेको अदालतले जनाएको छ ।

ती मुद्दा फछ्र्यौट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ । उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार वार्षिक लक्ष्यमा दर्ता मुद्दाको सङ्ख्या तीन सय ४७ थान थप र फछ्र्यौटमा एक थान थप अर्थात् शतप्रतिशत पूरा भएको हो ।

उनले नयाँ दर्ता अनुमान एक हजार छ सय ३७ थानमा एक हजार नौ सय ८७ थान दर्ता भएका बताए । यस्तै दुई हजार तीन सय १३ थान फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा दुई हजार तीन सय १४ थान फछ्र्यौट भएको छ । जिम्मेवारी सरेका एक हजार पाँच सय ५५ थान र नयाँ दर्ता एक हजार नौ सय ८७ गरी कुल तीन हजार पाँच सय ४२ थान मुद्दाको लगत कायम भएको छ । अदालतले गत आवको अन्त्यसम्ममा तीन हजार एक सय ९२ थान मुद्दा अनुमान गरेको थियो । अदालतमा तीन इजलास छन् ।

लक्ष्यभन्दा धेरै दर्ता र फछ्र्यौटमा शतप्रतिशत पूरा गरेका अदालतमा चालु वर्षका लागि एक हजार दुई सय २८ थान मुद्दाको जिम्मेवारी सरेको जनाइएको छ । अघिल्लो आवको तुलनामा जिम्मेवारी सरेको तीन सय २७ थान कम हो । कुल मुद्दाका आधारमा अदालतले ६५ दशमलव २४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको श्रेस्तेदार घिमिरेले बताए । उनका अनुसार अघिल्लो आवबाट जिम्मेवारी सरेकामध्ये ८४ दशमलव ८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४ दशमलव ७४ प्रतिशत फैसला भएका छन् । अदालतमा चार वर्ष नाघेका मुद्दाको सङ्ख्या तीन छन् । तीनदेखि चार वर्षभित्रका छ र दुईदेखि तीन वर्षभित्रका दुई गरी ११ थान मुद्दा पुराना छन् ।

अदालतको मुख्य जिल्ला न्यायाधीश मोहनराज भट्टराईको १ नं इजलासले बितेको आवमा सात सय ७८ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा आठ सय ८१ वटा फछ्र्यौट अर्थात् एक सय १३ दशलमव ११ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यस्तै न्यायाधीश राजेन्द्र नेपालको २ नं इजलासले सात सय ६८ वटा लक्ष्य लिएकामा छ सय ४९ अर्थात् ८४ दशलमव ५० प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । न्यायाधीश रीताकुमारी बख्रेल रहनुभएको ३ नं इजलासमा भने सात सय ६७ वटा लक्ष्य लिएकामा सात सय ७७ वटा फछ्र्यौट गरी एक सय एक दशमलव १७ प्रतिशत सफलता प्राप्त गरेको जनाइएको छ । 

छ महिनाभित्रका पाँच सय ३६, एक वर्ष अवधिका चार सय ५६, डेढ वर्ष अवधिका तीन सय १६, दुई वर्ष अवधिका पाँच सय २२ गरी दुई हजार तीन सय १४ थान मुद्दा फैसला भएका अदालतको तथ्याङ्कले देखाएको छ । यस्तै अदालतले एक वर्षमा छ हजार तीन सय नौवटा म्याद तामेल गर्नुपर्नेमा छ हजार दुई सय ७५ वटा म्याद तामेल गरेको छ । यसमध्ये चार हजार दुई सय ८२ वटा म्याद जिल्ला अदालतका र दुई हजार २७ वटा म्याद अन्यत्र अदालतका हुन् । फैसला कार्यान्वयन लक्ष्यको तुलनामा ९४ दशमलव ९० प्रतिशत पूरा भएको हो । 

यही अवधिमा रु पाँच लाख ७२ हजार क्षतिपूर्ति रकम फछ्र्यौट गरी रु एक करोड ६६ लाख ४८ हजार नौ सय क्षतिपूर्ति भराउन बाँकी छ भने रु ६८ करोड नौ लाख जरिवाना असुल गर्न बाँकी छ । रु तीन करोड ९९ लाख असुल भएको छ । गत आवको मात्रै रु चार करोड जरिवाना तोकिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending