सल्यान । जीबीएस नाम गरेको रोगबाट पिडित भएका सल्यानका एघार वर्षिय वालकको जीवन रक्षाको लागि घरपरिवारले सहयोगको याचना गरेको छ । विरलै मानिसलाई लाग्ने दुर्लभ रोग जीबीएस (गुलियन बेरी सिन्ड्रोम) का कारण छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौर निवासी विरामी वालक रुपक थापाको परिवार अहिले उपचारका लागि सहयोगको याचना गरेको हो ।
आफ्नो छोराले निकै कष्टकर जीवन विताइरहेको भन्दै रुपकका बुवा एकराज थापाले भक्कानिदै भने, ‘आठ महिना भइसक्यो । छोराले बोल्न, हिडडुल गर्न, खान सक्दैन, शरिर चल्दैन । अवस्था झन झन जटिल बन्दैछ । डाक्टरले जीबीएस रोग लागेको भनेको छ ।’
बालकको उपचारको लागि हाल सम्म ३० लाख भन्दा बढी खर्च भइसकेको भन्दै अव थप उपचारको लागि घरको आर्थिक अवस्था कमजोर भएकाले थापाको परिवारले सहयोगको याचना गरेको हो । सोमबार तुलसिपुर स्थित रिपोर्टस् क्लवमा विरामी छोरा रुपक सहित पुगेका बुवा एकराजले पत्रकारहरु मार्फत छोराको उपचारको लागि सहयोगको याचना गरेका हुन् ।
‘सुरुमा बाबुलाई ज्योरो, पखाला, वान्ताको समस्या आएपछि गाउँमै रहेको स्वास्थ्य चौकी दमाचौरमामा लगियो,’ विरामी बालकका बुवा एकराजले भने, ‘समस्या झन बढ्दै गएपछि जिल्ला अस्पताल सल्यान, राप्ती प्रादेशिक अस्पताल दांग, नेपालगञ्ज न्यूरो ट्रामा, काठमाण्डौँका कान्ती वाल अस्पताल, मेट्रो अस्पताल, तेसला डाइगोनस्टीक क्लिनिक लगाएत विभिन्न अस्पतालमा उपचार गराउँदा लाखौँ रुपैयाँ सकियो । अझै पनि छोरो निको भएको छैन ।’
अहिले काठमाण्डौँमा राखेर उपचार गर्न नसकिने भएपछि दांग तुलसिपुरमा फिजियोथेरापी गराइरहेको उनको भनाई छ । नियमित रुपमा दैनिक ५ घण्टा फिजियोथेरापी गर्नुपरिरहेको छ । कक्षा ६ मा अध्यनरत बालक रुपक विरामी परेदेखी पढाई अवरुद्ध छ भने दयनीय र कष्टकर अवस्थामा जीवन मरणको संघर्ष गरिरहेका छन् ।
बालकको उपचारको लागि सहयोग गर्न चाहनेहरुले मोवाईल नम्बर ९७६८२५६९१६ मा सम्पर्क गर्न सक्ने र एकराज थापाको नाममा मुक्तिनाथ विकास बैंक सल्यान शाखामा रहेको खाता नम्बर ०४२२२३०११०९८३३०००००१ मा आर्थिक सहयोग गर्न सक्ने उनको परिवारले जनाएको छ ।
उपचार पद्धती निकै महंगो भएकाले आर्थिक अभावमा बालकको उपचारमा समस्या आएको रुपकका हजुरबुवा भिम बहादुरले बताए । ‘विरामीलाई आइसियु, भेन्टीलेटरमा राखेर पनि उपचार गरियो, एकदिनमा ८० हजार रुपैयाँ सम्म खर्च भयो, अझै नातीको अवस्थामा सोचेँ अनुसार सुधार आएको छैन,’ उनले भने ।
विरामी वालकको घरपरिवारका अनुसार सुधार नभएसम्म नियमित उपचार गरिरहनुपर्ने डाक्टरहरुले भनेका छन् । गएको पुस ३ देखी सामान्य ज्वरो, पखालाका विरामी परेका रुपक एक साता पछि बोल्न नसक्ने अवस्थामा पुगेका थिए । डाक्टरले जीबीएस रोग भनेर पहिचान गरेका बालको अवस्था अहिले नाजुक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: