Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

डोलेश्वरमा श्रावणी मेलाका अवसरमा दर्शनार्थीको घुइँचो

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ ।

आज साउन १ गतेदेखि भदौ ६ गतेसम्म चल्ने मेलामा आज स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट सुरु गरिएको कलश यात्रा उक्त मन्दिरमा आएर समापन गरेपछि मेला शुभारम्भ गरिएको थियो । 

कलश यात्रासँगै आज डोलेश्वर महादेव मन्दिरको मूलद्वार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्दै नगरपालिका क्षेत्रको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा डोलेश्वरको चर्चाले यहाँको पहिचान बढाएको बताए । उक्त द्वार निर्माणका लागि नगरपालिकाले रु ६८ व्यहोरेको थियो । 

उनले नगरपालिकामा रहेको शिवालयलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरेकोे जानकारी दिए । नगर क्षेत्र आफैँमा एक आकर्षक पर्यटकीय क्षेत्र भएको चर्चा गर्दै नगरप्रमुख थापाले यहाँको शिवालयलाई समेटेर एकै दिनमा दसवटै वडाका  शिवमन्दिर घुम्न सकिने गरी मार्ग तय गरी यसलाई शिव सर्किट नामकरण गरिएको बताए ।

नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले यस क्षेत्रमा डोलेश्वरलगायत आशापुरी, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, नन्दिकेश्वर, लटरम्बेश्वरजस्ता  प्रसिद्ध शिवालय रहेकाले नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको विकासका रूपमा अगाडि बढाएको बताइन् ।

वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिनाका साथै  दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यवस्था गरिएको बताए ।  डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेला भर्न आएका दर्शनार्थीले आधा घण्टामै दर्शन गर्नेगरी व्यबस्था मिलाउन स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।

मेला अवधिभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिँदै उनले विगत वर्षमा धर्मावलम्बीबाट सङ्कलन भएको भेटी तथा चन्दाबाट मेला खर्च कटाएर करिब रु ५० लाख बचत गर्दै आइएकामा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यस वर्ष भेटी तथा चन्दा गरेर रु एक करोड २५ लाख सङ्कलन हुने अपेक्षा गरिएको बताए ।

मन्दिरमा पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चस्नान सामग्रीका लागि  रु एक हजार एक सयको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्नसक्ने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले बताए । 

आज दिनभरको मेलासँगै भोलि २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुबाट धार्मिक प्रवचनका साथै कलाकारबाट भजन कीर्तन गरिने भएको छ । विसं २०६६ भदौ ६ गते यस मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको दिनका अवसरमा त्यस दिन  विशेष कार्यक्रमका साथ मेला समापन गरिनेछ । 

त्यसैगरी सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकाङ्क्षा पूरा गर्ने मन्दिरका रुपमा लिइने यस मन्दिरमा दर्शन एवं पूजा गर्न दर्शनार्थीका भीड लागेको छ ।

त्यसैगरी दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दीकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायत मन्दिरमा पनि मेला लगको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: