Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सुन तस्करीमा संलग्नता छैन, राजनीतिक पूर्वाग्रहमा आराेप लगाइयाेः महरा

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा मा‌ओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले  रातोपाटी डट कम अनलाईनको समाचार मा प्रकाशित प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । 

उनले  चिनजान हुनु र संलग्न हुनु फरक बिषयलाई दुरायसपूर्ण तरिकाले समाचार प्रकाशित हुनु ठिक नभएकाेले  भ्रममा नपर्न अनुरोध गरेका हुन् । 

महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै  आइतबार सामाजिक सञ्जालमा विज्ञप्ति  मार्फत सुन तस्कारीमा  चिनियाँ व्यापारी वाङसँग आफू र आफ्नो छोरा राहुलको कुनै संलग्नता नहरेको स्पष्ट पारेका हुन् ।  इलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन तस्करीमा चिनियाँ व्यापारी समेत रहेका तस्करहरूसँग बावु –छोराको कनेक्सन रहेको विषय बाहिरिएपछि महराले यसबारे स्पष्ट पारेका हुन् ।

चिनियाँ नागरिक वाङसँग पहिलेदेखि  सामान्य चिनजान भएको र उनी फलफूल व्यापारीको रुपमा मात्रै आफूले चिनेको बताएका छन् । नेता महराले उनको अन्य व्यापार र कामसँग आफूलाई कुनै जानकारी नरहेको दावी गरेका छन् ।

सुन तस्करीमा छोरा राहुलको पनि कुनै संलग्नता नहरेको जिकिर गरेका छन्। नेता महराले चिनियाँ नागरिक वाङले चिनियाँ कामदारको लागि मगाएको केही सामान भन्सारमा अड्किएको र बुझिदिन आग्रह गर्दा छोरा राहुलले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको उनकाे दावी छ ।  

राहुलको ती व्यक्तिसँग कुनै सहकार्य नभएको महराले स्पष्ट पारेका छन् । नेता महराले चिनजान हुनु र संलग्नत हुनु फरक विषय भन्दै दुरासयपूर्ण तरिकाले राजनैतिक पूर्वाग्राहीका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पत...

नया सांसदहरूको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (तस्बिरहरू)

काठमाडौं । आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भइरहेको छ। सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई ...

रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक होः डा. बाबुराम भट्टराई

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको बताएका छ...

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: