Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कोरियाबाट लाखाै रकम पठाउन लगाएर घर किनेपछि प्रेमिकाले गरिन बेवास्ता, प्रेमिले गुहारे प्रहरी

प्रेमकाे नाटक गरेर ५९ लाख २५ हजार झ्वाम

खबरडबली संवाददाता

तेरो पैसाले जग्गा किने पनि कानूनमा म बलियो छु कसरी लिँदो रहेछस् हेर्छु भन्ने, कहिले २० लाख रुपैयाँ दे तेरो जग्गा फिर्ता गर्छु भन्ने, कहिले बढी कुरा गरिस् भने तँलाई जबरजस्ती करणी मुद्दा हालेर फसाई दिन्छु भन्ने’ धम्की

काठमाडौं । दक्षिण कोरियामा कमाएको पैसाले प्रेमिकाले घरजग्गा किने पछि एकजना गुहार माग्दै प्रहरीकहाँ पुगेका छन् । सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका हुन् ।

प्रहरीले सुमनकी प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई भने  पक्राउ गरेको छ । एक जना अझै फरार रहेका छन् । सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए । सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो । पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्ने गरेका थिए ।

सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन् । २०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाबी छ । ललितपुरको लुभुमा जग्गा हेरेको छु, राम्रो छ भनेपछि सुमनले त्यसका लागि आवश्यक ५२ लाख रुपैयाँ जम्मा गरिदिएको बताएका छन् ।

केही रकम आफूले दक्षिण कोरियाबाट पठाएको र केही रकम नेपालमा रहेका आफन्तमार्फत जुटाइदिएको उनको भनाई छ । जग्गा खरिद गरेपछि मिनाकलाले जग्गाको श्रेस्ता र रजिस्ट्रेसनको कागज सुमनलाई म्यासेन्जरमा पठाई दिएकी पनि थिइन्। तर, मिनाकलाको नाममा जग्गा खरिद भएपछि उनले विभिन्न बहाना बनाएर आफूलाई वास्ता गर्न छाडेको सुमनको भनाई छ।

त्यसपछि मिनाकलाले विवाह नगर्ने र जग्गा पनि फिर्ता नगर्ने बताएको सुमनले दिएको जाहेरीमा उल्लेख छ । सन् २०२३ को फेब्रुअरीमा नेपाल फर्किएपछि सुमनले प्रेमिकासँग पैसा र जग्गा फिर्ता मागेका थिए । मिनाकलाले तेरो पैसाले जग्गा किने पनि कानूनमा म बलियो छु कसरी लिँदो रहेछस् हेर्छु भन्ने, कहिले २० लाख रुपैयाँ दे तेरो जग्गा फिर्ता गर्छु भन्ने, कहिले बढी कुरा गरिस् भने तँलाई जबरजस्ती करणी मुद्दा हालेर फसाई दिन्छु भन्ने’ धम्की दिने गरेको सुमनको दाबी छ।

यता पक्राउ परेकी मिनाकलाले आफूहरूबिच प्रेम सम्बन्ध भएपनि कुनै कारोबार नभएको दाबी गरेकी छन्।  सुमनले खर्चसम्म पठाए पनि उनैले पठाएको पैसाले जग्गा खरिद नगरेकाे प्रहरीमा उनले दिएको बयानमा उल्लेख छ ।  आफूले विभिन्न व्यक्तिसँग सापटी लिएर जग्गा खरिद गरेको र नेपालमा रहेका सुमनका कोही पनि आफन्तबाट नगदै पैसा लिएको भन्ने दाबी झुटो भएको उनले बयानमा उल्लेख गरेकी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: