म्याग्दी । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा नौ झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप नौ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । टिभिएसयुमार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ ।
मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमायाँ बिटालुका अनुसार निर्माण सकिएका र निर्माणाधिन पुलको कूल लागत रु सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रहेको छ । “निर्माणाधीन र सम्पन्न भएका पुलबाट पाँच हजार तीन सय २१ घरधुरीका १५ हजार सात सय ४५ जनसङ्ख्या लाभान्वित हुनेछन्”, उनले भने, “उपभोक्ता समितिमार्फत पुल निर्माण हुने गरेको छ ।”
मालिका गाउँपालिकामा पाँच, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा दुई/दुई वटा पुल निर्माण सकिएका छन् । यसैगरी मालिका, धौलागिरि र अन्नपूर्णमा दुई/दुई, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा एक(एक वटा पुल निर्माणाधीन छन् ।
मालिका गाउँपालिका–५ को सांगाखोलामा १०० मिटर, मालिका–४ सिस्नेरीको भातीखोलामा ५८ मिटर, मालिका–४ को घोर्सीखोलामा ५८ मिटर, मालिका–४ छिपान्जाखोलामा ५८ र मालिका–७ को शिवरात्रिखोलामा ११४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।
रघुगङ्गा–१ को ओकिलाखोलामा ४२ मिटर र रघुगङ्गा–८ को रघुगङ्गा खोलामा ९० मिटर लामो पुल निर्माण भएको छ । बेनी नगरपालिका–३ को चिनाखेत खोलामा २८ मिटर र ठुलोखोलामा ३२ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको छ ।
मालिका–४ को दाजुङखोलामा ७० मिटर लामो पुलको ३० प्रतिशत, वडा नम्बर ६ को म्याग्दीखोलामा एक सय १४ मिटर लामो पुलको ८० प्रतिशत, मङ्गला गाउँपालिका–५ को पिपलको म्याग्दी खोलामा ७३ मिटर पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ ।
अन्नपूर्ण गाउँपालिका–को दोविल्नाखोलामा ६० मिटर र ठुलोखोलाको ६४ मिटर लामो पुलको निर्माण कार्य ६५/६५ प्रतिशत सकिएको छ । रघुगङ्गा गाउँपालिका–८ को कोसेराखोलामा ३२ मिटर र बेनी नगरपालिका–७ को म्याग्दीखोलामा ४६ मिटर, धौलागिरि गाउँपालिका–७ को म्याग्दी खोलामा एक सय एक र वडा नम्बर ४ को खोलाखर्क खोलामा एक सय १२ मिटर लामो पुल निर्माणको काम ३०/३० प्रतिशत सकिएको छ ।
झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, स्थानीयवासीका साथै विद्यार्थीलाई पनि सुविधा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । झोलुङ्गे पुलको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेको मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर दुई सय ८३ झोलुङ्गे पुल छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १४:१४
काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...
आषाढ़ २८ गते, २०८३ - १४:०५
काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...
आषाढ़ २८ गते, २०८३ - १३:५२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अ...
आषाढ़ २८ गते, २०८३ - १३:२३
काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...
आषाढ़ २८ गते, २०८३ - १२:४६
टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...
आषाढ़ २८ गते, २०८३ - १२:२४
काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...
आषाढ़ २८ गते, २०८३ - १२:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...
आषाढ़ २८ गते, २०८३ - ११:४५
काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...
आषाढ़ २८ गते, २०८३ - ११:३४
पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...
आषाढ़ २८ गते, २०८३ - ११:१०
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...



प्रतिकृया लेख्नुहोस्: