Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

नपढाउने शिक्षकलाई घरमै बस्न विराटनगरका मेयरको निर्देशन

खबरडबली संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान भन्दै विद्यालयहरुको अनुगमन गरिरहेको छ । अनुगमनमा मेयर नागेश कोइराला आफैं दौडिरहेका छन् । 

सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीसँग शिक्षकका समस्या बुझ्ने काम गर्दै आएका मेयर कोइरालाले शिक्षकलाई गाली दिएर फर्कने गरेका छन् । तीनदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गरेको मेयरले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गरेका थिए । शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ । मेयर कोइरालाले उक्त विद्यालयमा कक्षा कोठामा पुगेर विद्यार्थीलाई सोधेका थिए ।

जसमा विद्यार्थीले मेयर कोइरालासित शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको गुनासो समेत सुनेपछि कोइरालाले शिक्षकहरुलाई झपार्नु झपारेर फर्के ।

मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुसित छलफल राखेर नपढाउने हो भने घरमै बस्न निर्देशन दिए । उनले महानगरको मुटुमा भएर पनि विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक–शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने बताएका थिए । उनले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिए । शिक्षकहरुलाई पढाउन मन नभए घरमै बस्नसम्म भनेर फर्केका मेयर कोइरालाले दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

राज्यले शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरे पनि प्रतिफल कमजोर भएको छ । मेयर कोइरालाले सामुदायिक विद्यालयको सुधारका लागि महानगर जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै शिक्षकहरुले लगनशिलता देखाउनु पर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending