काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।
बिहीवार राष्ट्रिय सभामा आउँदाे आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्न समस्या भइरहेको उनकाे भनाइ छ । आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको उनले बताए । उनले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने दाबी गरे।
स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको ठाउँमा डाक्टरहरुको पहुँच पुर्याएर नै छाड्ने दाबी गरे । उनले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालयमा बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गरिने बताए ।
८ सय डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिएन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नहुने समेत बताए । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई 'अप्रेशन' नै गर्नुपर्ने उनकाे भनाइ छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: