Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

राजनीतिक आडमा मध्यरातमा ठमेलमा गुण्डाराज

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लाे समय सुनसान जस्तै भएकाे ठमेलमा मध्यरातमा गुण्डा नाइकेबाट व्यवसायी र कामदार कुटीन थालेका छन् । केही महिनायता ठमेलमा विशेष गरी रात्रिकालीन व्यवसायीमाथि गुण्डाको आक्रमण बढेको हाे । 

केही वर्षयता ठमेलमा तत्कालीन प्रहरी प्रमुखहरूले ठमेल क्लिन गर्ने क्रममा गुण्डाहरुमाथि धरपकड र इन्काउन्टर गरेपछि शान्त भएकाे ठमेल आजभाेली रातीकाे समयमा अक्रान्त भएकाे हाे । तर यतिबेला मन्त्री र मन्त्रीका स्वकीयकाे नाम लिँदै  मध्यरातमा ठमेलमा गुण्डाराज चली रहकेा छ ।

रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गर्ने समूहलाई प्रहरीले कारबाही नगरेका कारण ठमेल यतिबेला अक्रान्त बन्दै गएकाे छ । 

ठमेलकाे ओम्निया क्लबको पछिल्लो घटना अहिले सार्वजानीक भएकाे छ । व्यवसायी राजेन्द्र गुरुङ र उनकाे क्लवमा रहेका कर्मचारीहरुलाई गुण्डा नाइकेहरुले कुटपिट तथा ताेडफाेड गरेका छन् । राजनीतिक नेता र मन्त्रीका स्वकीय सचिवहरु नै गुण्डाकाे पक्षमा उभिएपछि आफूहरू निरीह बनेको व्यवसायीहरुकाे गुनासो छ ।

नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर १ घर भएका गुरुङ काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक हुन् । उनले उक्त व्यवसाय सञ्चालन गरेको चार महिना मात्रै भयो । लामो समय वैदेशिक रोजगारमा बसेर नेपालमै केही गर्ने सोचका साथ फर्किएका उनले होटल व्यवसाय सुरु गरेका हुन् । तर व्यवसाय सञ्चालन गरेकाे केही महिना मै यसरी आफुले कुटाइ खानु पर्ला भनेर कहिल्यै नसाेचेकाे उनी बताउँछन् ।

गुण्डाराज र त्यसलाई राजनीतिक संरक्षणका कारण व्यवसाय सञ्चालन गरेको छोटो अवधिमै नेपालमा व्यवसाय गर्न नसकिने निष्कर्षमा पुगेकाे गुरुङ बताउँछन् । व्यवसायीले व्यवसाय गर्दा घाटा मात्रै नभएर कहिलेकाहीँ टोले गुण्डाहरुको मुक्का पनि खानुपर्ने  अनुभव बटुलेकाे उनले बताए ।

गत असार १५ गते शुक्रवार सदाझैँ उनी आफ्नो क्लबमा नै थिए । रातको करिब २ बजेको समयमा नुवाकोट ककनी गाउँपालिका वडा नं ५ स्थायी घर भएका सानुभाई भनिने युवराज गुरुङ क्लबमा छिरे । उनी यसअघि पनि पटक–पटक क्लबमा ग्याङसहित आउने गरेको सञ्चालक बताउँछन् ।  यसअघि पनि पटक–पटक सानुभाई भनिने युवराजले क्लबमा खाँदा उठेको बिल तिर्न इन्कार गर्ने गरेको  सञ्चालक राजेन्द्र बताउँछन् ।

सानुभाई भनिने युवराजले आफूहरूसँग विभिन्न बहानामा पटक– पटक करिब ५९ लाखभन्दा बढी रकम नगदै लिएको सञ्चालक राजेन्द्रको दाबी छ । विभिन्न बहानामा पैसा माग्दै आएका सानुभाई भनिने युवराज र क्लब सञ्चालक राजेन्द्रबीच केही समयदेखि राम्रो सम्बन्ध थिएन ।

पैसा फिर्ता नआउने थाहा भएपनि पैसा दिन बाध्य भएको सञ्चालक राजेन्द्र बताउँछन् । यसै क्रममा असार १५ गते सानुभाई भनिने युवराज रातको करिब २ बजे ग्याङसहित क्लबमा प्रवेश गरेर उनीहरूको समूहले क्लबका कर्मचारीसहित सञ्चालक राजेन्द्रसमेतलाई हातपात गरेको  सिसिटिभी फुटेजबाट प्रष्ट भएकाे छ ।

सानुभाईले क्लबका कर्मचारीहरू शुरेस खड्का, आशिस नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको सञ्चालक राजेन्द्र बताउँछन् । सानुभाईले व्यवसाय नै बन्द गराइदिने धम्की समेत दिएको उनको भनाइ छ ।

उक्त दिन सानुभाईको साथमा आएका १५ जनाभन्दा बढीको समूहले डेढ लाखभन्दा बढी मूल्यको भौतिक संरचना तोडफोड गरेको सञ्चालक राजेन्द्रकाे भनाइ छ । सानुभाईको समूहले आक्रमण गर्दा राजेन्द्रको घाँटीको दाहिनेतर्फ चोटसमेत लागेको छ ।

क्लब ओम्नियाको घटनामा उजुरी परेपछि पनि सानुभाईलाई सोह्रखुट्टे वृत्तमा रहेका केही प्रहरीसँगै देखेको व्यवसायीहरू बताउँछन् । उनले अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव उत्तम पाठकको नाम लिएर थर्काउने गरेको आरोप छ ।

क्लब सञ्चालक राजेन्द्रले आफूहरूलाई मान सम्मान नदिएको भन्दै गुन्डाहरूको समूहले कुटपिट गरेको बताए । ‘युवराज र निरजसहितको समूह राती २ बजे क्लबको इन्ट्रान्समा आएर लफडा गर्न खोजिरहेका थिए। हामीलाई मान सम्मान भएन, हेप्ने ? कुरा काट्ने भन्दै निहु खोजे। निरजले बाउन्सरलाई थप्पड हाने। फेरी पछि आएर पनि थप्पड हाने। हाम्रो भाइहरूले जवाफ फर्काएपछि उनीहरू भागेका थिए’, उनले भने ।

उनले भाग्दै गरेका विनोद लामा र रघु लामालाई तत्कालै पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको बताए । ‘घटनाको भोलिपल्टै हामीले सोह्रखुट्टे प्रहरी वृत्त र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थियौँ। तर अन्य पक्राउ पर्न सकेका छैनन्’, राजेन्द्रले भने।  राजेन्द्रका अनुसार युवराज उनका नातेदार पनि हुन्। साढे ११ वर्ष दुबई बसेर ३ वर्षअघि स्वदेश फर्किएपछि उनले ठमेलमा क्लब सुरु गरेका थिए।

आपराधिक घटनामा जोडिएका पात्र  युवराज गुरुङ  उर्फ 'सानुभाई'

सानुभाई भनिने युवराज गुरुङ यसअघि पनि थुप्रै आपराधिक घटनामा जोडिएका पात्र हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगीका रूपमा चिनिएका व्यक्ति हुन् । सानुभाई भनिने गुण्डा नाइके युवराजले २०६७ सालमा नुवाकोट आप्रहका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । उक्त घटनामा गोली लागेर अनिल घाइते भएका थिए ।

उनलाई प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामा २०७२ पुसमा पक्राउसमेत गरेको थियो । त्यसबेला प्रहरीले उनको साथबाट एक राउन्ड गोली लोड गरिएको रिभल्वर (पेस्तोल) बरामद गरेको थियो । प्रहरी स्रोतका अनुसार घैँटेको इन्काउन्टरपछि सानुभाईको समूहले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बनाएका थिए । 

त्यसैगरी, नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष मार्ने योजनासहित आक्रमण गरेका थिए । त्यसबेला सुरेश र गुण्डा नाइके सानुभाईबीचको विवाद प्रहरीमा पुगेपनि राजनीतिक दबाबका कारण प्रहरीले उनलाई कारबाही नगरी छाडेको थियो ।

उनको समूह २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमणमा पनि संलग्न थियो । त्यसैगरी सानुभाईकै समूहले २०७१ सालमा डोलबहादुर घलेको आँखा नै गुम्ने गरी आक्रमण गरेको थियो ।

२०७९ को माघमा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए । उनलाई त्यहाँका स्थानीयहरूले समाते पनि उनी पेपर स्प्रे छर्किएर भाग्न सफल भएका थिए ।

प्रहरी स्रोतका अनुसार सानुभाई भनिने गुण्डा नाइके युवराजविरुद्ध प्रहरीमा अहिले पनि नौ वटाभन्दा बढी केस दर्ता छ । तरुण दलमा आबद्ध उनी नेपाली कांग्रेसको संस्थापन नेतृत्व निकट मानिन्छन् ।  लामो समयदेखि विभिन्न अपराधमा संलग्न सानभाई भनिने गुण्डा नाइके युवराजविरुद्ध क्लब ओम्नियाका सञ्चालक राजेन्द्रले प्रहरी वृत्त सोह्रखुट्टेमा र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् ।

सो घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरी मुद्दा चलाइएको र बाँकी फरार रहेको सोह्रखुट्टेका प्रहरी प्रमुख डिएसपी गणेश बमले  बताए । सिसिटिभीमा देखिने सबैभन्दा पहिले हातपात गर्ने निरज गुरुङ र त्यसपछि पटकटपक कुट्ने युवराज भने फरार रहेका छन् ।

सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी पर्दा पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।राजनीतिक नेतृत्वको दबाबका कारण प्रहरीले गुण्डा नाइकेलाई सख्त खोजी नगरेको आरोप समेत ठमेलका व्यवसायीको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: