पोखरा । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए ।
मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले रु दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेको छ ।
यही असार १९ गतेको अबिरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराले क्षति पुर्याएको थियो । पहिरोबाट विस्थापित मादी–६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट रु ७० हजार र प्रशासनबाट रु २५ हजार राहत रकम प्रदान गरियो ।
त्यसैगरी दीपक बराललाई गाउँपालिकाबाट रु ५० हजार र प्रशासनबाट रु २० हजार, शम्मेर पाण्डेलाई पालिकाबाट रु ३० हजार र प्रशासनबाट रु १५ हजार, भुवन सिंहलाई पालिकाबाट रु २० हजार र प्रशानबाट रु १५ हजार राहत रकम प्रदान गरिएको छ । पहिरापीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट रु १५ हजार र गाउँपालिकाबाट रु २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट रु १५ हजार प्रशासनबाट रु १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।
पीडित परिवारलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मीलगायतले राहत वितरण गरे ।
पहिराले पूर्णरूपमा घरमा क्षति पुगेका दीपक र शम्शेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन् । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताए । अबिरल वर्षा तथा पहिराका कारण मादीका विभिन्न स्थानमा क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...
आषाढ़ २८ गते, २०८३ - १५:०२
काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...
आषाढ़ २८ गते, २०८३ - १४:४४
काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...
आषाढ़ २८ गते, २०८३ - १४:३३
काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...
आषाढ़ २८ गते, २०८३ - १४:१४
काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...
आषाढ़ २८ गते, २०८३ - १४:०५
काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...
आषाढ़ २८ गते, २०८३ - १३:५२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अ...
आषाढ़ २८ गते, २०८३ - १३:२३
काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...
आषाढ़ २८ गते, २०८३ - १२:४६
टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...
आषाढ़ २८ गते, २०८३ - १२:२४
काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...



प्रतिकृया लेख्नुहोस्: